दक्षिण कोरियाको नकआउट चरणमा पुग्ने सम्भावना कम

 असार १०, २०७५ आइतबार ६:३९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

लगातार दोश्रो हारपछि एशियाली टोली दक्षिण कोरिया विश्वकपको समूह चरणबाटै बहिरिने सम्भावना बढेको छ । २ खेलबाट कुनै अंक जोड्न नसकेको कोरिया अंक तालिकाको पुछारमा छ । जर्मनीलाई फराकिलो अन्तरले हराए र अर्को खेलमा मेक्सिकोले स्विडेनलाई पनि ठूलो अन्तरले हराइदिए मात्र कोरिया अन्तिम १६ मा पुग्ने छ । समुहमा ६ अंक बनाएको मेक्सिको शीर्ष स्थानमा छ भने तीन तीन अंकसहित जर्मनी र स्विडेन क्रमश दोश्रो र तेश्रो स्थानमा छन् ।

अहिलेसम्म कोरियाले ३ गोल खाएको छ भने एक गोल मात्र गरेको छ । स्विडेन र जर्मनीले दुई दुई गोल गरेका छन भने एक गोल पनि खाएका छैनन् । त्यसैले कोरिया अघिल्लो चरणमा पुग्न दुवै खेलमा आफु अनुकुल नजिता आउनुपर्छ ।
 
दक्षिण कोरिया शनिबार मेक्सिकोसँग २–१ ले पराजित भयो । पहिलो हाफमा २६औं मिनेटमा कार्लोस भेलाको पेनाल्टी गोलमार्फत मेक्सिकोले अग्रता लिएको थियो । दक्षिण कोरियाली डिफेण्डरले डिबक्सभित्र ह्याण्ड गरेपछि मेक्सिकोले पेनाल्टी पाएको थियो । दोस्रो हाफमा मेक्सिकोको अर्को एक थोल थप्यो । जाभियर हर्नाण्डेजले ६६औं मिनेटमा लोजानोको पासमा गोल गरे ।

 खेलको इन्ज्यूरी समयमा दक्षिण कोरियाले १ गोल फर्काए पनि त्यो गोलले कोरियाको पराजय टार्न सकेन । टोटनह्यामका स्ट्राइकरसँग ह्युंग मिनले डिबक्स बाहिरबाट शानदार गोल गरेका थिए । 

समूहको अन्तिम खेलमा कोरियाले जर्मनीसँग र मेक्सिकोले स्विडेनसंग खेल्नेछन् । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया