दाेस्राे बिहे गरेर भारततर्फ भाग्न लागेकाे एक जाेडी प्रहरीकाे नियन्त्रणमा

 फागुन २२, २०७५ बुधबार २०:३०:५३ | जयराज अवस्थी

बैतडी – बैतडीको नेपाल भारत सीमानाको झुलाघाटबाट भागेर भारत जान लागेका एक जोडीलाई प्रहरीले बुधवार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–५, का २३ वर्षीय शंकर बोहरा र २१ वर्षीया हरिना बोहरा (नाम परिवर्तन)रहेका छन् । दवैैजनाको पहिले बिहे भैसकेकाले दोस्रो बिहे गरेर भारत जान लागेको बुझिन आएको निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक दीपक पातलीले बताउनुभयो । 

‘बझाङ प्रहरीमा ३ दिन अघि बहुविवाह गरी भागेको भन्ने मुद्धा परेको रहेछ,’ उहाँले भन्नुभयो, ‘भारत जाने सीमा नाका बैतडीमा पर्ने भएकोले हामीलाई खबर आएको थियो ।’ 

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएकोमा बिहीबार दुवै जनालाई बझाङ प्रहरीलाई बुझाइने र बझाङ प्रहरीले घटनाको थप अनुसन्धान गर्ने जनाइएको छ ।
 

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया