पञ्चेश्वरमा आधुनिक कृषि पाठशाला सञ्चालनमा, किसानले ज्याला पाउने

 फागुन २३, २०७५ बिहिबार १७:३१:४७ | जयराज अवस्थी
unn.prixa.net

बैतडी –  पञ्चेश्वर गाउँपालिकाले बहुउद्देश्यीय आधुनिक कृषि पाठशाला सञ्चालनमा ल्याएको छ । 

आधुनिक खेती प्रणालीबाट तरकारी खेती गर्नका लागि गाउँपालिकाको वडा नम्बर–६, गर्मामा जमिन भाडामा लिएर कृषि पाठशाला सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो । 

पाठशालामा आधुनिक खेती प्रणालीबाट तरकारी खेती सुरु गरिएको छ । पाठशालाबाट किसानहरुले आधुनिक कृषि प्रणालीका बारेमा सीप सिक्ने अध्यक्ष चन्दले बताउनुभयो । यसका साथै त्यस फार्ममा काम गरेबापत किसानहरुलाई दैनिक ज्यालासमेत दिने गरेको उहाँले जानकारी दिनुभयो । कृषि पाठशालामा तरकारी, प्याज, काउली, च्याउ, टमाटरलगायतका अन्य तरकारी लगाइएको छ । 

गाउँपालिकाले सञ्चालन गरेको पाठशालामा ४ जना कृषि प्राविधिकहरुले आधुनिक कृषिका बारेमा जानकारी दिइरहेका छन् भने दैनिक १५ भन्दा बढी किसानहरुले सीपसँगै आयआर्जनसमेत गरिरहेका छन् । 

गाँउपालिकाले भाडामा लिएको जमिनमा तारबार गरेर पानीको व्यवस्था, चौकीदार बस्ने ठाउँको व्यवस्थासमेत गरिएको गाउँपालिकाले जनाएको छ । कृषि फार्ममा १ हजार बोट केरा, १ हजार बोट अनार लगाउने तयारीसमेत गरिएको अध्यक्ष चन्दले जानकारी दिनुभयो । 

यस्तै कृषि पाठाशालामा केही दिनमा नै बाख्रापालन, माछापालनलगायतका कामहरु पनि सुरुवात गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । 

बहुउद्देश्यीय कृषि पाठशालाका लागि गाउँपालिकाले ५० लाख बजेट विनियोजनसमेत गरेको  गाउँपालिकाले जनाइएको छ । गाउँपालिकाले सञ्चालन गरेको कृषि पाठशालाले किसानहरु निकै फाइदा हुने विश्वास गरिएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया