दलितको अधिकार गुम्ने खतरा :  सांसद विक

 फागुन २८, २०७५ मंगलबार १३:३०:५६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मानबहादुर विश्वकर्माले दलितहरुले प्राप्त गरेको अधिकार खोसिन थालेको बताउनु भएको छ । 

उहाले दलितहरुले पाउने छात्रवृत्ति हटेको उल्लेख गर्दै वर्तमान सरकारले निजामती सेवामा पनि एक पटक मात्र आरक्षण पाउने नियम ल्याउन थालेको उल्लेख गर्दै दलितका मागमा सरकार गम्भीर नभएको आरोप लगाउनु भएको छ । उहाँले प्राप्त अधिकार गुम्न नदिनका लागि सबै दलितहरु एक हुनु पर्ने बताउनुभयो । 

अर्घाखाँचीको सन्धिखर्कमा स्थानीय दलित महिला जनप्रतिनिधिहरुको काम, कर्तव्य, अधिकार र नेतृत्व विकाससम्बन्धी  ३ दिने तालिमको समापन समारोहलाई सम्बोधन गर्दै नेता विश्वकर्माले यस्तो कुरा बताउनु भएको हो ।  

उँहाले दलितका माग र अधिकारमा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्न सबै दलित जनप्रतिनिधिहरुलाइ आग्रह गर्नुभयो । 

नेपाल दलित उत्थान संघको आयोजना र एफईएस नेपालको सहयोगमा सञ्चालित तालिमको समापन समारोहमा  अधिवक्ता पवित्रा राउत, सुष्मा गौतम, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, तालिममा सहभागी दलित जनप्रतिनिधिहरु आशा परियार, सुमित्रा विक, सुन्तली विकलगायतले मन्तव्य राख्नु भएको थियो । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया