पाँच हजार नहुँदा दुई महिनादेखि कारागारमा

 चैत ४, २०७५ सोमबार १३:१२:५४ | नवदीप अजनबी
unn.prixa.net

नुवाकोट – एउटै आरोपमा गिरफ्तार भएका पुरुष तोकिएको धरौटी रकम बुझाएर गाउँमा फुक्काफालसँग हिँडिरहँदा, त्यही आरोपमा गिरफ्तार भएकी महिलाले भने धरौटी बुझाउन नसक्दा दुई महिनादेखि कारागारमा छिन् ।

अदालतले तोकेको धरौटी रकम दाखिला गर्न नसक्दा बहुविवाह आरोपमा गिरफ्तार भएकी लिखु गाउँपालिका–६ की २५ वर्षीया अप्सरा पन्त कारागारमा थुनिन बाध्य भएकी छिन् ।

गएको पुस ५ गते लिखु–६ का ६४ वर्षीय रामशरण भेटवालसँग दोस्रो विवाह गरेको आरोपमा भेटवाल र पन्तलाई पुस ८ गते गिरफ्तार गरी प्रहरीले बहुविवाह आरोपममा मुद्धा चलाएको थियो । भेटवालकी जेठी पत्नी ५९ वर्षीया गोमा भेटवालको उजुरीको आधारमा गिरफ्तार गरी मुद्धा चलाएको थियो ।

गएको पुस २७ गते जिल्ला अदालतले दोस्रो विवाह गर्ने भेटवाल र दोस्रो श्रीमती भनिएकी पन्तलाई क्रमशः १५ हजार र ५ हजार रुपैयाँ धरौटीमा तारेखमा रिहा गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अदालतको आदेशपछि भेटवालले तोकिएको धरौटी रकम तिरेर त्यही दिन रिहा भए । तर, दोस्रो विवाह गरेका भनिएका भेटवालले दोस्रो श्रीमती पन्तको धरौटी रकम तिरिदिएनन् । अत्यन्त न्यून आय भएकी महिला पन्तले पाँच हजार जुटाएर धरौटी रकम तिर्न नसक्दा कारागार चलान भएकी प्रहरीले जनाएको छ ।

अन्तिम फैसला भएका मुद्दामा धरौटी रकम तिर्न नसके कारागारमा बस्दा दैनिक ३ सय रुपैयाँको दरले कैदमा कटौती हुँदै जाने भए पनि विचाराधीन मुद्धामा धरौटी रकम तिर्न नसके फैसला नभएसम्म कैद बस्नु पर्ने कानुनी व्यवस्था रहेको जिल्ला कारागारका जेलर टंक चिमोरियाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया