भत्ता नपाएकाे विराेधमा रामेछापका प्राविधिकले कार्यालयमा गरे तालाबन्दी

 चैत ४, २०७५ सोमबार २०:३२:१९ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत रामेछाप जिल्लामा कार्यरत प्राविधिकहरुले राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइको कार्यालयमा सोमबार तालाबन्दी गरेका   छन् । 

पुनर्निर्माण कार्यक्रमअन्तर्गत कार्यक्षेत्रमा खटिएका प्राविधिकहरुलाई नेपाल सरकारले दिँदै आएको भत्ता र प्रोत्साहन भत्ताबापतको रकम कटौती गरेको विषयलाई लिएर आन्दोलन गर्दै आएका प्राविधिकहरुले जिल्ला आयोजना कार्यान्वयन इकाइको कार्यालयमा तालाबन्दी गरेका हुन् । 

पुनर्निर्माणको काममा गाउँगाउँमा खटिएका प्राविधिकहरुको सरकारले स्वास्थ्य विमा गरिदिनुपर्ने, सरकारले दिँदै आएको भत्ता र प्रोत्साहन भत्तालाई निरन्तरता दिनुपर्ने र कार्यक्षेत्रमा प्राविधिकमाथि हुने जोखिममा सरकारले सुरक्षा व्यवस्था मिलाउनु पर्ने प्राविधिक नृपेश सापकोटाको भनाइ छ ।

रामेछाप जिल्लामा कार्यरत पुनिर्निर्माण कार्यक्रम अन्तर्गतका प्राविधिकहरुले संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । आफूहरुले खाइपाइ आएको तलब भत्ता र प्रोत्साहन भत्ता सरकारले कटौती गरेकाले कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको संघर्ष समितिका संयोजक इञ्जिनियर अरुण महतोले बताउनुभयाे । 

गाउँको कार्यक्षेत्रमा खटिएका प्राविधिकहरुलाई सरकारले भत्ता र प्रोत्साहन भत्ता दिने आश्वासन दिए पनि गएकाे ९ महिनादेखि भत्ता दिएको छैन । प्राविधिकहरुले उठाएका मागहरु जायज भए नभएको पहिचान गरेर सरकारले समस्याको संवोधन गर्नुपर्ने पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ रामेछापका प्रमुख प्रभाकरलाल कर्णले बताउनुभयाे । 

तालाबन्दी गरेर माग पूरा नहुने भन्दै तालाबन्दी गर्ने काम नगर्न पनि उहाँले प्राविधिकहरुलाई आग्रह गर्नुभयाे । प्राविधिकहरुले आन्दोलन गर्दा पुनर्निर्माणको काम प्रभावित हुने भएकाले आन्दोलनको कार्यक्रम छोडेर आफ्नो माग सम्बाेधन गराउनको लागि अन्य विकल्पमा लाग्न पनि कर्णले आग्रह गर्नुभयाे । 

कार्यालयमा लगाएको ताला भने प्रहरीले खुलाएको छ । कार्यालयमा लगाएको ताला प्रहरीले खुलाए पनि आफूहरुको माग पूरा नभएसम्म आन्दोलान जारी राख्ने प्राविधिकहरुले बताए ।

रामेछाप जिल्लाको २ नगरपालिका र ६ गाउँपालिकामा गरी १ सय ६८ जना प्राविधिकहरु कार्यरत छन् ।  


 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया