सडक सफा राख्न लमजुङका सडक छेउछाउमा ‘डस्टबिन’

 चैत ११, २०७५ सोमबार १९:५४:३५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–९ मा पर्ने बजार क्षेत्रका सडक छेउछाउमा ‘डस्टबिन’ राखिएको छ ।

डुम्रे–बेसीशहर सडकखण्डमा पर्ने फूलबारी, सिउँडीबार, कृष्णबगैँचा भोटेओडार लगायतका क्षेत्रमा फलामको स्ट्याण्डसहितको प्लाष्टिकको ‘डस्टबिन’ राखिएको सुन्दरबजार नगरपालिका ९ का वडासदस्य अमोल खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बजार क्षेत्रका सडक छेउछाउमा ७६ वटा फलामको स्ट्याण्डसहितको प्लाष्टिकको ‘डस्टबिन’ राखिएको छ । बाँकी ९ वटा डस्टबिन छिट्टै पैह्रे र फेदीकुनाका सडक छेउमा राखिनेछन् ।

सडक छेउमा डस्टबिन राख्न वडा कार्यालयलाई ग्लोबल आईएमई बैंक, ओम डेभलपमेन्ट बैंक, सिर्जनात्मक साकोस र लमजुङ उद्योग वाणिज्य संघ भोटेओडार इकाईले सघाएका थिए । ‘डस्टबिन’ राख्दा झण्डै एक लाख रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।

बजार क्षेत्रका साथै सडक सफा राख्ने उद्धेश्यले सडक छेउछाउमा डस्टबिन राखिएको वडा कार्यालयले जनाएको छ ।

 ‘बजार क्षेत्रमा मानिसको भीडभाड ज्यादा हुन्छ । पैदल यात्रुहरुले फोहोर जहाँतहीँ फालिदिन सक्छन् । सडक फोहोर हुन सक्छ । बजार क्षेत्र र सडक सफा राख्नका लागि नै हामीले सडक छेउछाउमा डस्टबिन राखेका हौँ,’ वडासदस्य खनालले आग्रह भन्नुभयो, ‘जहाँतहीँ फोहोर फाल्नुभएन । फोहोर डस्टबिनमा राख्न सबैमा हामी अनुरोध गर्छौ ।’      

उहाँका अनुसार ‘डस्टबिन’मा जम्मा भएको फोहोरलाई हप्ता–हप्तामा उठाइने छ । सडक छेउमा राखिएको सार्वजनिक सम्पत्ति ‘डस्टबिन’को उपयोग र संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा वडा कार्यालयले जोड दिएको छ ।    

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया