मार्कस रोहोले गरे ८६ औँ मिनेटमा अर्जेन्टिनाको उद्दार,  समूह डीको उपविजेता बन्दै नकआउट चरणमा

 असार १२, २०७५ बुधबार २:२४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा विश्वकप फुटबल अन्र्तगत समूह डीबाट अर्जेन्टिना उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ । 

सेन्ट पिटर्सबर्गमा भएको खेलमा अर्जेन्टिना नाइजेरियालाई २–१ गोल अन्तरले पराजित गर्दै समूह तालिकामा ४ अंक सहित उपविजेता बनेको हो । क्रोएसिया भने शतप्रतिशत नतिजाकासाथ समूह विजेता बनेको छ । 

खेल सुरु भएको १४ औं मिनेटमा मेस्सीले सुरुवाति अग्रता दिलाएका थिए । मिडफिल्डबाट आएको पासलाई उनले गोलमा परिणत गरेका थिए । मेस्सीले जारी विश्वकपमा पहिलो गोल गरेका हुन भने प्रतियोगिताको एक सयौं गोल पनि मेस्सीकै नाममा रहेको छ । पहिलो हाफमा दबाबमा रहेको नाइजेरियाले दोस्रो हाफमा भने उत्कृष्ट पुनरागमन गरेको थियो ।

खेलको ४९ औं मिनेटमा जाभियर मार्सिरानोले डिबक्स भित्र फल गरेपछि नाइजेरियाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा  भिक्टर मोसेसले बराबरी गोल गरेका थिए ।

त्यसपछि नाइजेरियाले पकड कायम गरेको थियो । नाइजेरियालाई बराबरीले नै अन्तिम १६ मा पुग्ने समीकरण भए पनि अर्जेन्टिनाले ८६ औं मिनेटमा गोल गरेको थियो ।  मार्कोस रोहोले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको उद्दार गरेका हुन् । नाइजेरियाले अन्तिम समय सकिनुभन्दा केही सेकेण्डअघि नाइजेरियाले गरेको प्रहार अर्जेन्टिनाका गोलकिपर फ्रान्को अरामनीले बचाएका थिए ।

आज जित्नै पर्ने दबाबमा रहेकाले अर्जेन्टिनाले ५ खेलाडी परिवर्तन गरेको थियो । जसमा गोलकिपर अरामानीले डेव्यु गरे भने गोन्जालो हिग्युन, मिडफिल्डर डी मारिया र इभेर बनेगा र डिफेन्डर मार्कोस रोहोले टिममा स्थान बनाएका थिए ।  

यस्तै आजै भएको अर्को समूहकै अर्को खेलमा क्रोएसियाले आइसल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । खेलको ५३ औ मिनेटमा क्रोएसियाका मिलन बादलेजको प्रहार गोलमा परिणत भएको थियो । ७६ औं मिनेटमा सिगरशनले बराबरी गोल गरेका थिए । 

तर ९० औं मिनेटमा क्रोएसियाका लागि इभान पर्सीले निर्णायक गोल गर्दै  समूह चरणमा अपराजित यात्रा कायम राख्न सफल बनाए । 

समूह  डीबाट विजेता बनेको क्रोएसियाले प्री क्वार्टर फाइनलमा समूह सीको उपविजेता डेनमार्कसँग भिड्दा समूह डी को उपविजेता बनेको अर्जेन्टिना समूह सीको विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्ने छ ।
 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया