लमजुङको बोराङखोलामा मोटरेबल पुल निर्माण : स्थानीयलाई आवत-जावतमा सहज

 चैत १८, २०७५ सोमबार १८:४७:८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ–लमजुङको राइनास नगरपालिका, १ बोराङखोलामा मोटरेबल पुल निर्माण गरिएको छ ।      

पूर्वी लमजुङको तार्कुघाट-बोराङखोला-विचौर सडकखण्डमा पर्ने बोराङखोलामा मोटरेवल पुल निर्माण गरिएको हो । साविक जिल्ला विकास समितिको १ करोड ७५ लाख ९ हजार २ सय ३८ रुपैयाँ ९४ पैसा (भ्याटबाहेक) को लागतमा पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख राम पराजुलीले बताउनुभयो ।

उहाँका अनुसार नवनिर्मित मोटरेबल पुलको लम्बाइ १६.६ मिटर र चौडाइ ४.२५ मिटर रहेको छ । पुल निर्माणको सम्झौता २०७२ साल चैत २३ गते भएको हो । पुल निर्माणको जिम्मा अधिकारी निर्माण सेवा हंसपुर-२, गोर्खाले लिएको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार रिबन काटेर नवनिर्मित पुलको उद्घाटन गर्नुभएको छ । पुलको उद्घाटन गर्दै उहाँले विकास निर्माणका कामलाई गुणस्तरीय रुपमा छिट्टै सम्पन्न गर्नका लागि स्थानीय तहले पनि भूमिका खेल्नुपर्ने बताउनुभयो ।

पुल उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, सांसद धनन्जय दवाडी, मधु अधिकारी, भौतिक पूर्वाधार विकास मन्त्रालय, गण्डकी प्रदेशका सचिव ईश्वरचन्द्र मरहट्ठा, राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापा लगायत उपस्थित हुनुहुन्थ्यो ।            

पुल बनेपछि राइनास नगरपालिकासँगै दूधपोखरी गाउँपालिकाका बासिन्दालाई समेत आवत–जावतमा सहज हुनेछ । नयाँ पुल बनेसँगै स्थानीय खुशी भएका छन् ।

 

 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया