लाइसेन्स नलिई विदेश पठाउने दलाललाई कारवाही हुन्छ : विभाग

 असार १४, २०७५ बिहिबार ११:३५:३८ | मोहन पौडेल

काठमाडौं – वैदेशिक रोजगार विभागले लाइसेन्स नलिई विदेश पठाउने दलाललाई कारवाही गर्ने बताएको छ । विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले लाइसेन्स लिएर काम गरिरहेका एजेण्टको नाम विभागको वेभसाइडमा प्रकाशित गर्ने र अवैधानिक रुपमा काम गरिरहेकाहरुलाई कारवाही गर्ने बताउनुभएको हो ।

सुरक्षित आप्रवासन परियोजना सामीले काठमाडौंमा गरेको कार्यक्रममा महानिर्देशक आचार्यले एजेण्टलाई व्यवस्थित समय लागिरहेपनि अब विदेश जानेहरुले अवैधानिक रुपमा काम गरिरहेकाहरुबाट ठगिने कुराको अन्त्य हुने बताउनुभयो । सरकार र विभागले वैदेशिक रोजागारीलाई सुरक्षित र व्यवस्थित गर्ने प्रयास गरिरहेपनि समय लागेको भन्दै उहाँले अब व्यस्थित हुने समय आएको बताउनुभयो । 

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन अहिले १९ जिल्लामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन भइरहेपनि तिनै जिल्लाबाट पनि समस्या आउने क्रम नरोकिएको भन्दै आचार्यले सूचना जनचेतनाको पाटोलाई अझै प्राथमिकता दिनुपर्ने बताउनुभयो । 

यस्तै वैदेशिक रोजगार बोर्डका निर्देशक मोहन अधिकारीले वैदेशिक रोजगारीलाई सुरक्षि बनाउन विभाग, बोर्ड र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काम गरिरहेको बताउनुभयो । उहाँले सुधारका लागि ऐन संशोधनको काम भइरहेको पनि बताउनुभयो । 

कामदारको हितका लागि सरकारले लागु गरेको फ्रि भिसा फ्रि टिकटको वैदेशिक रोजगार व्यवसायीले सुरुदेखि नै विरोध गरिरहेकाले समस्या भएको बताएका निर्देशक अधिकारीले त्यसलाई छिट्टै समाधान गरिने पनि बताउनुभयो । 

ठगिएका कामदारलाई एजेण्टले रसिदमा उल्लेख गरेको १० हजार रुपैयाँ मात्रै दिलाउने गरेका चर्चाका बिच उहाँले पीडितलाई उसले एजेण्ट र म्यानपावरलाई दिएको सबै पैसा फिर्ता गराउन अहिले बोर्डमा न्यायिक समिति नै रहेकाले पहिलाको जस्तो अवस्था नरहेको बताउनुभयो । 

बोर्डले दिने सेवा बिकेन्द्रिकरण गर्ने काम भइरहेको भन्दै उहाँले मृतक, घाइते लगायतलाई क्षतिपूर्ति पनि स्थानीय तहबाटै दिलाउने व्यवस्था गर्न लागिएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया