एक सय ५० ग्राम अवैध सुन बरामद

 चैत २९, २०७५ शुक्रबार ८:४२:२३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – सन्धिखर्क नगरपालिका–६ रातटारीमा यात्रुवाहक गाडीमा एक सय ५० ग्राम अवैध सुन फेलापरेको छ । काठमाण्डौबाट सन्धिखर्क आउँदै गरेको बा ४ ख ५४९८ नम्बरको यात्रुबाहक माइक्रोबसबाट अवैध सुन बरामद गरिएको हो ।

अवैध सुन भित्रिँदै गरेको सूचनाका आधारमा प्रहरीले गाडी रोकेर जाँच गर्दा सुन फेला परेको हो । सेतो प्लास्टिक झोलाभित्र कागजले बेरेको अवस्थामा सुन फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो । 

एक सय ५० ग्राम तौलका तीन थान सुन फेला परेपछि प्रहरीले माइक्रो चालकलाई सोधपुछ गर्दा सन्धिखर्क बजारमा श्रीराम अर्घाखाँची सुनचादी पसल गर्ने कृष्णपन्थी सुनारले काठमाण्डौबाट मगाएको बयान दिएका थिए । त्यसपछि प्रहरीले पसल सञ्चालक सुनारलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले सुन अवैध भएको स्वीकार गरेका छन् ।

आफ्नो बयानमा सुनारले भुमिकास्थान नगरपालिका–४ घर भई अहिले काठमाण्डौ बस्ने अजय पौडेलले पठाइदिएको भनी उम्कन खोजेका थिए । तर, भन्सार रकम दाखिला गरेको कागजात नभएकोले सुन अवैध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार भन्सार छलेर ल्याइएको सुनको बजार मूल्य ७ लाख ७४ हजार भन्दा माथि छ ।

प्रहरीले माइक्रो चालक सुदीप रायमाझी, पसल सञ्चालक सुनार र पौडेललाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रुपन्देही पठाइएको छ ।

सुनचाँदी व्यवसायी संघ अर्घाखाँचीले भने शुक्रबार पत्रकार सम्मेलन गरी आफ्ना व्यवसायीलाई प्रहरी प्रशासनले सुन किनेर ल्याउँदा पक्राउ गरेको भन्दै विरोध जनाएको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया