विद्यालय बाहिर कति बालबालिका छन् भन्ने स्थानीय तहलाइ नै थाहा छैन

 बैशाख ३, २०७६ मंगलबार १९:११:५५ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - नेपालको संविधानले ४ वर्षदेखि १३ वर्षसम्मका बालबालिकालाई अनिवार्य शिक्षा प्रदान गर्ने व्यवस्था गरेको छ, र त्यसको जिम्मा स्थानीय तहलाई दिएको छ । तर रोल्पाका स्थानीय तह आफ्नो क्षेत्रमा के कति बालबालिका विद्यालय बाहिर छन् भन्ने बारेमा बेखबर रहेको पाइएको छ ।

नयाँ शैक्षिक सत्र सुरु हुनैलाग्दा समेत भर्खरै सकिएको वार्षिक परीक्षामा कति विद्यार्थी अनुपस्थित भए र अब ती बालबालिकालाई कसरी विद्यालयको पहुँचमा ल्याउने भन्ने बारेमा यहाँका स्थानीय तहले कुनै ठोस योजना बनाएका छैनन् । कति बालबालिका विद्यालय बाहिर छन् भन्ने विवरण नभए पनि यसै शैक्षिक सत्रमा उनीहरुलाई विद्यालयको पहुँचमा ल्याइने रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताउनुभयाे ।

गएकाे शैक्षिक सत्रमा विद्यालय भर्ना नभएर इँट्टाभट्टा वा अन्य श्रममा रहेका बालबालिकाहरुको तथ्याङ्क स्थानीय सरकारसँग नभए पनि जिल्लाका २ हजार ५ सयभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको सेभ द चिल्ड्रेनको तथ्यांकमा उल्लेख छ । उक्त संख्या भन्दा विद्यालय भर्ना भएर बीचैमा पढाइ छोड्नेको संख्या झन दोब्बर रहेको जानकारहरुको भनाइ छ ।

‘विद्यालयमा भर्ना हुनु ठूलो कुरा होइन,’ सेभ द चिल्ड्रेन रोल्पाका परियोजना अधिकृत दिलकमल क्षेत्रीले भन्नुभयो,‘अन्तिम परिक्षासम्म टिकाइराख्न चुनौती रहरेको छ ।’

विद्यालयमा भर्ना नै नहुने वा बीचैमा पढाइ छाड्ने बालबालिकाहरुमा धरैजसो अपाङ्गता भएका, गरिबीका कारण इँटा भट्टा, सवारी साधन, र होटलमा श्रम गरिरहेका र अभिभावक विहीन बालबालिका छन् ।


 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया