एनआरएन यूएईका अध्यक्ष श्रेष्ठ दुबईमा पक्राउ

 बैशाख १४, २०७६ शनिबार १३:२९:३९ | उमाकान्त पाण्डे

यूएई – गैर आवसीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष रमेश श्रेष्ठलाई प्रहरीले दुबईबाट पक्राउ गरेको छ । 

शुक्रबार बरदुवईमा धुर्मुस–सुन्तली साँझ भइरहेका बेला श्रेष्ठलाई कार्यक्रम स्थलबाटै प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नुको कारणबारे अहिलेसम्म नखुले पनि पक्राउ परे लगत्तै उज्यालोसँग भएको सम्पर्कमा श्रेष्ठले आफूलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको बताउनुभयो । 

यूएईको स्थानीय समय अनुसार शुक्रबार साँझ साँढे ६ बजे फेसबूक म्यासेन्जरमार्फत सम्पर्कमा आएका श्रेष्ठले भन्नुभयो ‘कसैले मेरोविरुद्धमा उजुरी दिएको रहेछ । म प्रहरीको नियन्त्रणमा छु । सोधपुछ भइरहेको छ । अरु कुरा पछि जानकारी गराउनेछु ।’ त्यसपछि भने उहाँ सम्पर्कमा हुनुहुन्न । 

कार्यक्रमका सहभागीले भने अध्यक्ष श्रेष्ठ पक्राउ परेको बिषयमा बोल्न चाहेनन । कार्यक्रम आयोजक संस्था चितवन समाज यूएईका अध्यक्ष पर्शुराम घिमिरेले पनि श्रेष्ठ पक्राउ परेको बारे शनिबार विहान मात्रै आफूले जानकारी पाएको बताउनुभयो ।  

धुर्मुस–सुन्तली साँझ कार्यक्रम चलिरहेका बेला श्रेष्ठ कसैले बोलाएपछि बाहिरिनु भएको थियो । त्यसपछि श्रेष्ठ नफर्किएको उहाँको भनाइ छ । श्रेष्ठ लामोसमय सम्म नफर्किएकाले टेलिफोन गरेको तर सम्पर्क नभएको घिमिरेले बताउनुभयो । 

श्रेष्ठ पक्राउ परेपछि झापाका शंकर श्रेष्ठले अध्यक्ष रमेश श्रेष्ठविरुद्ध आफूले उजुरी दिएको बताउनुभएको छ । आफूले पाउनुपर्ने रकम नपाएपछि रमेश श्रेष्ठविरुद्ध आफूले केही समयअघि दुबई र अजमानमा मुद्दा दायर गरेको श्रेष्ठले बताउनुभयो ।  आफूलाई दिनुपर्ने ६० हजार दिर्हाम नदिएकाले रमेश विरुद्द उजुरी दिएको शंकरको भनाइ छ ।

दुबै जनाले यूएईमा म्यानपावर व्यवसाय सञ्चालन गर्दै आएका छन् । हालै युएईमा एनआरएनलाई नेपाल एसोशिएसनको रुपमा दर्ता गरेका रमेश श्रेष्ठ र व्यवसायिक साझेदारी गरिरहेका व्यवसायी शंकर श्रेष्ठबीच लामो समयदेखि कारोबारका विषयमा विवाद थियो । 


 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया