यूएईमा आबुधाबी डाइलग : कामदार लिने र दिने देशहरुबीच थप सहकार्यमा जोड

 बैशाख १७, २०७६ मंगलबार १५:४१:४९ | उमाकान्त पाण्डे

यूएई – संयुक्त अरब एमिरेट्स (यूएई) मा कामदार लिने र दिने देशबीच बहुपक्षीय छलफल (आबुधाबी डाइलग) भएको छ । यसमा नेपालले पनि सहभागिता जनाएको छ ।  संवादमा नेपालबाट श्रम मन्त्रालयका सहसचिव नारायण रेग्मीको नेत्रित्वमा श्रम विज्ञ सुजन  जोजिज्यु र माधव काफ्ले सहभागी हुनुहुन्छ । 

श्रमिक आयात गर्ने मध्यपूर्वका अरबी खाडी देश र कामदार उपलब्ध गराउने एशियाली देशका उच्च सरकारी प्रतिनिधिहरुको उपस्थितिमा छलफल भएको हो । छलफलमा कामदार दिने र लिने देशहरुबीच पारदर्शिताका लागि थप समन्वय हुनुपर्नेमा जोड दिइएको छ ।

यूएईको श्रम तथा मानव संसाधन मन्त्रालयले कामदार दिने देश र कामदार आयात गर्ने देशबीचको सम्बन्ध र भावी योजनाबारे छलफल आयोजना गरेको हो । दुबईमा भएको कार्यक्रमको यूएईका मानव संशाधन मन्त्री नाशर बीन थानी जुमा अल हाम्लीले उद्घाटन गर्नुभयोे । 

छलफलमा एसियाली र खाडी देशहरूबीच कामदारको भर्ती र आयातका लागि भएका वर्तमान संयन्त्रबारे समीक्षा गरिएको छ । 

आबुधाबी डाइलगमा विकास र श्रम बजारमा ज्ञान साझेदारी, उच्च दक्ष कामदार र रेमिट्यान्स नीति तथा प्रवाह, श्रम आपूर्ति र माग बढाउन प्रभावकारी क्षमता निर्माण, अवैध कामदार आयात र निर्यातको रोकथाम, कामदारको कल्याण र सुरक्षा उपायबारे मुख्य गन्तव्यको देशहरूको आपसी चासो लगायतका विषयमा पनि छलफल भएको छ । 

छलफलमा श्रमका लागि कामदार पठाउने देशहरु नेपाल सहित अफगानिस्तान, बंगलादेश, भारत, इन्डोनेशिया, पाकिस्तान, फिलिपिन्स्, श्रीलंका, थाइल्याण्ड र भियतनामका प्रतिनिधिहरुको सहभागिता छ । त्यस्तै, डाइलगमा आइएलओ तथा अन्य आप्रवासी कामदारकाे हक हीतमा काम गर्दै आएका विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थासमेत सहभागी छन ।

यस्तै कामदार आपूर्ति गर्ने देशहरु यूएईसहित बहराइन, ओमान, कुवेत, कतार, साउदी अरब, यमन र मलेसियाका प्रतिनिधि सहभागी भएका छन । सन् २००८ देखि आबुधाबी डाइलग (संवाद) को सुरु भएको हो । पछिल्लो ३ वर्षदेखि नेपालले पनि यसमा सहभागिता जनाउँदै आएको छ ।  सोमबारबाट सुरु भएको संवाद आज मंगलरबार सकिदै छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया