मंगलसेन नगरपालिकाको गाडी जलाउने २ जना पक्राउ

 जेठ ५, २०७६ आइतबार ८:५४:२५ | चन्द्र थापा
unn.prixa.net

अछाम – मंगलसेन नगरपालिकाको गाडीमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको परिसरमा पार्किङ गरी राखेको बा २ झ ३६९४ नम्बरको गाडीमा आगजनी गरेको आरोपमा अछाम मंगलसेन नगरपालिका वडा नम्बर १ का २ जनालाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार गाडीमा आगजनी गर्ने मंगलसेन नगरपालिका वडा नम्बर १ कुन्तीवण्डालीका १९ वर्षीय दीपेन्द्र जैगडी र यही ठाउँका १९ वर्षीय एकेन्द्रराज नाथलाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताउनुभयो ।

सदरमुकाम मंगलसेनमै गाडीमा आगजनी भएपछि स्थानीयमा त्रास फैलिएको थियो । प्रहरीले अनुसन्धान गरी अभियुक्त सार्वजनिक गरेपछि प्रहरीप्रति स्थानीयको भरोसा बढेको छ ।  पक्राउ परेका व्यक्तिले घटनामा केही अन्य व्यक्तिको पनि संलग्नता रहेको बताएको र उनीहरुको खोजिका लागि प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख शाहीले बताउनुभयो ।

नगरपालिकाले पनि ५ सदस्यीय छानविन समिति बनाएर यो घटनाको अनुसन्धान गरिरहेको मंगलसेन नगरप्रमुख पदमबहादुर बोहराले बताउनुभयो ।

नगरपालिकाको गाडीमा गएको वैशाख ३१ गते राति सवा २ बजे आगजनी गरिएको थियो । यो गाडी नगरपालिकाले गएको वर्ष १ करोड २० लाख लागतमा खरिद गरेको थियो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया