श्रीलंकाविरुद्धको पहिलो अभ्यास खेलमा दक्षिण अफ्रिका ८७ रनले विजयी

 जेठ ११, २०७६ शनिबार ६:३९:३१ | एजेन्सी
unn.prixa.net

श्रीलंकाविरुद्धको पहिलो अभ्यास खेलमा दक्षिण अफ्रिका ८७ रनले विजयी भएको छ ।

कार्डिफमा अफ्रिकाले दिएको ३३९ रनको लक्ष्य पछ्याएको श्रीलंका २५१ रनमा समेटिएको थियो । श्रीलंकालाई दाबाबमा राख्न दक्षिण अफ्रिकाका एन्डिले फेलिकुवावले सर्वाधिक ४ विकेट लिएका थिए । लुन्गी एनगिडीले २ विकेट हात पारे ।

श्रीलंकाका लागि दिमुथ करुनारत्नेले सर्वाधिक ८७ रन बनाउँदा एन्जेलो म्याथ्यूजले ६४ रनको योगदान गरे । कुशल मेन्डिसले ३७ तथा जीवन मेन्डिसले १८ रन बनाए ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ७ विकेटको नोक्सानीमा ३३८ रन बनाएको थियो । उसका लागि सबै ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे । फाप डु प्लेसिसले ८८ रन बनाउँदा हसिम अमलाले ६५ रनको योगदान गरे । यसैगरी हेनरिक डुसनले ४० तथा क्रिस मोरिस २६ तथा डेविन पेट्रियोस २५ रनमा नट आउट रहे ।

श्रीलंकाका सुरंगा लकमल र नुवान प्रदीपले दुई-दुई विकेट हात पारे ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया