साउनमा राष्ट्रिय स्तरको बाघचाल प्रतियोगिता हुने

 असार २०, २०७५ बुधबार १०:५६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – नेपालमै पहिलो पटक राष्ट्रिय स्तरको बाघचाल प्रतियोगिता आयोजना हुने भएको छ । मौलिक खेललाई मूलधारमा ल्याउने उद्देश्यसहित प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता तथा खेलाडी सम्मान कार्यक्रम आयोजना गर्न लागिएको हो । नेपालका विभिन्न मौलिक खेलको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित प्रगतिवादी युवा समाज नेपालको आयोजनामा कार्यक्रम आगामी साउन ११ र १२ गते हुनेछ ।

कार्यक्रम काठमाडौंको बसुन्धारामा रहेकाे चन्द्रविन्दु स्कुलमा हुनेछ । बाघचाल प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न जिल्लाका स्कुल तथा कलेजका साथै व्यक्तिगत रुपमा पनि सहभागिता रहनेछ । कार्यक्रममा २ सय ५० जना सम्मको सहभागिता रहने अपेक्षा आयोजकको रहेको छ ।

बाघचाल प्रतियोगितामा सहभागिताका आवेदन समेत खुल्ला भइसकेको छ । २०७५ साल साउन २ गते साँझ ५ः०० बजे सम्म आएको आवेदनलाई प्रतिस्पर्धामा सम्मिलित गराइने आयोजक प्रगतिवादी युवा समाज नेपालले जनाएको । म्याद नाघी आएको आवेदन मान्य नहुने आवेदकले जनाएको छ । आवेदन शुल्कको रुपमा प्रतियोगिले १ सय ५० रुपैयाँ शसुल्क बुझाउने पर्नेछ । प्रतियोगितामा एउटा स्कुलबाट बढीमा ६ जनाले सहभागिता जनाउन पाउनेछन् । कार्यक्रमका प्रथम, दास्रो र तस्रो हुने विजेता क्रमसः ५ हजार ५ सय, ३ हजार ५ सय र २ हजार ५ सय रुपैंयाका साथै शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।

यसका साथै कार्यक्रममा नेपालको खेलकुद क्षेत्रमा रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु¥याएका पूर्व खेलाडीलाई सम्मान समेत गरिने छ । सम्मानित हुने खेलाडीमा पूर्व राष्ट्रिय खेलाडीहरु क्रमशंः राम्जी प्रसाद बज्रचार्य ( कराँते, दिपक बिष्ट ( तेकवान्दो, विनोद दास ( क्रिकेट ,सारादेवी तामाङ ( ब्याडमिन्टन (नेपालआर्मी ), दिपक महर्जन–बक्सिग, आङ बाबु लामा –ऊशु ,भरत शाह( भलिबल  (नेपालपुलिस ) ,ममता चौधरी ( महिला क्रिकेट (सशत्रप्रहरी बल), जितबहादुर केसी ( एथलेटिक्स , तारादेवी पुनमगर ( भारत्तोलन, रञ्जना धामी–प्यारा ओलम्पिक (अपाङ्ग)  र सोम बहादुर सुनुवार ( प्यारा ओलम्पिक (अपाङ्ग) रहेका छन् । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया