नवलपरासीका ८३  जनाको विदेशमा ज्यान गयो, ५१ जना जेलमा

 असार २०, २०७५ बुधबार १७:३९:४८ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – नवलपरासीबाट रोजगारीका  क्रममा विभिन्न गएका ८३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा तीन जना महिला छन् । सुरक्षित आप्रवासन परियोजना सामीले पछिल्लो चार वर्षमा ८३ जनाको ज्यान गएको जानकारी दिएको हो । यो अवधिमा ५१ जना जेल  परेका छन् । 

पाँच वर्षदेखि वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आईरहेको हिकोडेफद्वारा सञ्चालित सामी परियोजनाले सूचना केन्द्रमा दर्ता भएका उजुरीका आधारमा तयार पारेको तथ्याङ्क पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

कावासोतीमा रहेको सूचना केन्द्रमा आएका उजुरीका बाहेक पनि थाहा नभएका मृत्युका घटना हुन सक्ने परियोजनाले जनाएको छ । मृत्यु भएकामध्ये ८१ जनाको शव नेपाल आएको ल्याइएको छ भने दुई जनाको शव ल्याउन बाँकी छ । 

एक वर्षमा ५१ जना जेलमा परेका छन् । जसमा चार जना महिला र ४७ जना पु्रुष छन् । ४५ जनाको समस्या समाधान भएको र ६ जनाको प्रकृयामा रहेको सामी परियोजना संयोजक उमा शर्माले जानकारी दिनुभयो  ।

शर्माले साउदी अरबमा जेल परेका नवलपरासी मध्यविन्दुका थानेश्वर भुषाललाई नेपाल फर्काउन सफल हुनु यो वर्षको ठूलो उपलब्धी भएको समेत बताउनुभयो  । साउदीमा दुर्घटनाको मुद्दामा दोषी नहुँदा पनि साढे चार वर्ष जेल साजाय भोग्न बाध्य भएका भुषाललाई परियोजना अन्तरगत आप्रवासी कामदार हकहित मञ्चको पहल र काठमाडौंमा रहेको प्रवासी नेपाली समन्वय समितिको सहयोगमा नेपाल तथा विदेशमा अभियान चलाई ४५ लाख रुपैयाँ ब्लडमनि संकलन गरेर घर फर्काइएको थियो । 

सामी परियोजनाले सार्वजनिक गरेको तथ्याङ्ग अनुसार नवलपरासीबाट वैदेशिक रोजगारीमा गएका दुर्घटनामा परेका, घाइते भएका, विरामी परेका ८४ वटा मुद्दा दर्ता  भएकोमा ७१ वटा  समाधान भएको छ ।

यस्तै ७७ जना बेपत्ता भएकोमा ३८ जना फेला परेका छन भने २९ जना अझै बेपत्ता छन । ६ सय २६ वटा ठगीको मुद्धा दर्ता भएकोमा परियोजनाले ४ सय ३० जनालाई क्षतिपूर्ति बापतको एक करोण १० लाख ९३ हजार १ सय ४२ रुपैयाँ उपलब्ध गराएको छ ।  

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया