त्रिभुवन आर्मीले जित्यो प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि

 जेठ २७, २०७६ सोमबार १८:२४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

सेमिफाइनलमा बलियो टिम एपीएफलाई निराश बनाएको गण्डकीले पहिलो सेटमा आर्मीमाथि पुरै हावी भएको थियो । २५–१६ ले पहिलो सेट आफ्नो पक्षमा पार्दै भलिबलमा विभागीय दबदबा तोड्ने संकेत गरेको थियो । तर लगातार पछिल्ला तीन सेटमा भने गण्डकीले सोचेजस्तो प्रदर्शन गर्न सकेन ।

पहिलो सेट गुमाएको आर्मीले दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो । आर्मीले २५–८ ले दोस्रो सेट जीतेपछि एक–एकको बराबरी गरेको थियो । दोस्रो सेटमा पनि आर्मीनै गण्डकी माथि हावी भयो ।

आर्मीले २५–१० ले गण्डकीलाई निराश बनाएको थियो । चौथो सेटमा आर्मीले २५–१६ को जीत निकाल्दै लगातार चौथो पटक प्रधान सेनापति कप पुरुष भलिबलको उपाधि जित्न सफल भयो । विजेतासँगै आर्मीले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा उप विजेता भएकाे गण्डकी प्रदेशले १ लाख ७५ हजार र तेस्राे भएकाे नेपाल पुलिस क्लबले ७५ हजार पाएकाे छ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया