जोकोभिच विमबल्डन टेनिसको तेस्रो चरणमा प्रवेश

 असार १९, २०७६ बिहिबार १०:१६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्व नम्बर एक नोभाक जोकोभिच विमबल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । तीन पटकका ग्राण्डस्लाम च्याम्पियन स्टानिस्लाव वावरिन्का भने अमेरिकी खेलाडी रिली ओपेल्कासँग अविश्वसनीय हार ब्यहोर्न बाध्य भए ।

३२ वर्षे जोकोभिचले अमेरिकाका डेनिल कुड्लालाई ३–० को सोझो सेटमा पराजित गरे । छनोट चरण पार गरेर आएका कुड्लालाई हराउनका लागि जोकोभिचले जम्मा एक घण्टा ३३ मिनेट खर्चिए । जोकोभिचले ६–३, ६–२ र ६–२ को जित निकाले ।

स्टान वावरिन्का भने पाँच सेटको भिडन्तमा ओपेल्कासँग पराजित भए । तेस्रो सेटसम्म अग्रता लिएका वावरिन्काले अन्तिमको दुई सेट गुमाउँदा ३–२ ले पराजित हुन पुगे ।

६ फिट एघार इन्च अग्ला खेलाडी ओपेल्काले पहिलो सेटमा नै ७–५ को अविश्वसनीय जित निकाले । त्यसपछिको दुई सेटमा वावरिन्का ३–६ र ४–६ ले विजयी भएपछि तेस्रो सेटअघि वावरिन्काले २–१ को अग्रता लिए ।

चौथो सेटमा ओपेल्काले ६–४ को जित निकालेपछि खेल पाँचौं सेटमा धकेलियो । अन्तिम खेलमा ओपेल्का ८–६ ले विजयी हुँदै अन्चिम ३२ मा स्थान सुरक्षित गरे ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया