बाढी पहिरोबाट ज्यान गुमाएकाहरुकाे परिवारलाई प्रदेश १ सरकारले दुई-दुई लाख रुपैयाँ दिने

 असार २९, २०७६ आइतबार १९:४०:२९ | सुमन तिमल्सिना
unn.prixa.net

फाइल तस्बिर

माेरङ - एक नम्बर प्रदेश सरकार मन्त्रिपरिषदको आइतबार बसेको बैठकले बाढी, पहिरो र डुबानबाट ज्यान गुमाएकाहरुकाे परिवारलाई दुई-दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

प्रदेशभर अविरल वर्षाको कारण गएको पहिरो बाढी र डुबानबाट भएको ठुलो जनधनको क्षति प्रती प्रदेश सरकारले दुख ब्यक्त गर्दै सो निर्णय गरेको हो ।

त्यस्तै प्रदेश सरकारले घाइतेहरुको सरकारी अस्पतालमा उपचारको सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयाे । घाइतेको निजी अस्पतालमा उपचार गरे बापत बढिमा ५० हजार रुपैयाँसम्म सरकारले भुक्तानी गर्ने पनि प्रदेश सरकारले निर्णय गरेको छ ।

बैठकमा उद्धार, राहत, पुनःस्थापना र बेपत्ताको खोजीका लागि सबै पक्षसँग अपिल गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया