व्यस्त खेल तालिकाले चर्चित फुटबलरहरुकाे स्वास्थ्य जाेखिममा

 साउन १७, २०७६ शुक्रबार १५:४६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फुटबलका चर्चित खेलाडीहरुको स्वास्थ्य जोखिममा रहेको एक अध्ययनले देखाएको छ । ग्लोबल प्लेयर युनियनका अनुसार फुटबलरहरुको स्वास्थ्यमा जोखिम देखाएको हाे । 
 
गएको सिजनमा १६ भन्दा बढी खेलाडीले ८० खेलसम्म खेलेको देखिएको छ । जसमा एक जना खेलाडीले कम्तीमा पनि १ लाख १० हजार किलोमिटरको दूरी पार गरेको देखिएको छ । 

टोटेन्ह्यामका सन हेउङ मिन, लिभरपुलका डुओ एलिस्सन बेकर र साडिओ मानेको स्वास्थ्यमा सबैभन्दा बढी असर पर्ने देखिएको छ । अनुसन्धानले कुनै खेलाडी मानसिक र शारीरिक समस्यासँग जुधिरहेको पनि देखाएको छ । 

युभेन्टसका डिफेन्डर जर्जियो चिएलिनीले खेलाडीले सुरक्षा चाहेको बताएका छन् । अनुसन्धानका अनुसार ६३ देशका ६५ हजार फुटबल एसोसिएसनहरुमा १२ महिनाभरिमा १६ खेलाडीहरुको मात्र स्वास्थ्यमा गम्भीर प्रभाव परेको देखिएको छ । 

अनुसन्धान रिपोर्टका अनुसार युरोप बाहिरका खेलाडीहरुमा माने, एलिस्सन र सनले युरोपीयन क्लबमा आबद्ध भएसँगै आराम नगरिकन निरन्तर खेलमा सहभागी भएको देखिएको छ । 

यी खेलाडीहरुले ५ दिन पनि राम्रोसँग आराम नगरिकनै खेल खेलेको देखिएको छ । टोटेन्ह्यामका सनले ७८ खेलमा १ लाख १० हजार किलोमिटर यात्रा गरेका छन् भने ब्राजिल र लिभरपुलका गोलकिपर एलिस्सनले ७२ खेलमा ८० हजार किलोमिटर यात्रा तय गरेका छन् ।

बार्सिलोनाका इभान राकिटिकले पनि ५ दिनभन्दा बढी आराम नगरिकनै ३ क्वार्टरका खेलहरु खेलेका छन् । लिभरपुलका मानेले ७० खेलमा १ लाख किलोमिटरको यात्रा गरेको देखिएको छ ।

अनुसन्धानले चर्चित खेलाडीहरुको स्वास्थ्य खेल क्यालेन्डरले गर्दा बिग्रिएको पनि जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया