विराटनगर भन्सारले राजश्वको लक्ष्य भेट्यो

 असार २६, २०७५ मंगलबार १४:३२:१३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – आर्थिक वर्ष समाप्त हुनुभन्दा दुई साता अगाडि विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४/०७५ को राजश्वको लक्ष्य पूरा गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षको कुल लक्ष्य ३१ अर्ब २४ करोड ४८ लाख रहेकोमा असार २० गते भित्र ३१ अर्ब ४९ करोड ४२ लाख रुपैयाँ राजश्व संकलन भइसकेको छ । देश अन्य भन्सार कार्यालयले वार्षिक राजश्वको लक्ष्य भेट्न नसकिरहेको बेला विराटनगर कार्यालयले असार मसान्तभन्दा २ महिना अघि लक्ष्य भेटाएको हो ।

कार्यालयले गएको आर्थिक वर्ष २०७३/०७४ मा राजश्वको लक्ष्य प्राप्त गर्न सकेको थिएन । गएकोे आर्थिक वर्षमा  २५ अर्ब ८० करोड ४० लाखको लक्ष्यमा कार्यालयले २४ अर्ब ८४ करोड ९९ लाख असुली गरेको थियो ।

साउन लागेपछि विभागले विराटनगर भन्सारको लक्ष्य संशोधन गर्दै १ अर्ब ५० करोड घटाएको थियो । यसरी संशोधन गरेर २४ अर्ब ३० करोड बनाएको थियो । चालु आर्थिक वर्षमा भने लक्ष्य संशोधन र समायोजन केही नगरी लक्ष्य हासिल भएको कार्यालयको दाबी छ । बाढीका कारण मिरगंजको पुल भत्किएर चालु आर्थिक वर्षको गएको साउन २८ देखि जेठ महिनासम्म पैठारीमा समस्या उत्पन्न भए पनि राजश्वको लक्ष्य पूरा हुनु उपलब्धिपूर्ण भएको भन्सारको भनाई छ ।

कार्यालयले चालु आर्थिक वर्षमा भन्सार महसुललाई १३ अर्ब २२ करोड मूल्य अभिवृृद्धी कर १६ अर्ब ९० करोड र अन्तशुल्क १ अर्ब ३७ करोड ६० लाख संकलन गरेको छ ।

गएको आर्थिक वर्षमा विराटनगर भन्सारको राजश्व संकलनमा सबैभन्दा बढी योगदान मोटरसाइकलले गरेको, चालु आर्थिक वर्षमा हाइस्पीड डिजेलले गरेको छ । चालु अर्थिक वर्षको जेठ मसान्तसम्ममा हाइस्पीडको डिजेलको पैठारीबाट २ अर्ब ७ करोड रुपैयाँ असुली भएको छ । गएको आर्थिक वर्षमा राजश्व योगदानमा पहिलो हुने मोटरसाइकल चालु आर्थिक वर्षमा तेश्रो भएको छ ।

आर्थिक वर्षमा हाइस्पीड डिजेलपछि चिनीले सबैभन्दा बढी राजश्व दिएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कार्यालयले १ अर्ब ३३ करोड ७९ लाख रुपैयाँ असुली गरेको छ । कार्यालयका अनुसार चिनीपछि मोटरसाइकलबाट १ अर्ब ३२ करोड ७० लाख, सिआरसिटबाट १ अर्ब १९ करोड, पेट्रोलबाट १ अर्ब १८ करोड, एमएसबिलेटबाट १ अर्ब ११ करोड रुपैयाँ राजश्व असुली भएको छ ।
 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया