कुम्भकर्ण हिमालको आधार शिविर क्षेत्रमा फोहर सङ्कलन
कात्तिक १५, २०८१ बिहिबार
पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफका आफन्तकी छोरीको विवाह समारोहमा गीत गाउन गएका भारतीय चर्चित गायक मीका सिंहको आलोचना भैरहेको छ ।
यसैबीच अल इण्डिया सिने वर्कर्स एसोसिएशन (एआईसीडब्ल्यूए) ले मीका सिंहलाई प्रतिबन्ध गरेको घोषणा गरेको छ । प्रतिबन्धको विषयमा बोर्डले सूचना सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको सूचनामा लेखिएको छ, ‘पाकिस्तानको हाइप्रोफाइल परिवारको विवाह समारोहमा ८ अगष्ट २०१९ मा प्रस्तुति दिन गएका कारण अल इण्डिया सिने वर्कर्स एसोसिएशनले मीका सिंहलाई भारतीय फिल्म उद्योगमा प्रतिबन्ध गरेका छौँ ।
उनी पाकिस्तानका सेना प्रमुख परवेज मुशर्रफका आफन्तले आयोजना गरेको कार्यक्रममा प्रस्तुति दिन पाकिस्तान गएकाले फिल्म प्रोडक्सन हाउस, म्युजिक कम्पनी र अनलाइन म्युजिक प्रोभाइडर कम्पनीसँगको उनको सहकार्य तुरुन्त बहिष्कार गरिएको छ ।’
अल इण्डिया सिने वर्कर्स एसोसियशनको तर्फबाट मीका सिंहका साथ भारतमा कसैले पनि काम नगर्न आग्रह गरिएको छ । यदि कसैले मीका सिंहका साथ काम गरेको खण्डमा त्यसविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी पनि दिइएको छ ।
साथै बयानमा मीका सिंहको आलोचना गर्दै अहिले भारत र पाकिस्तानबीच तनावको स्थितिमा मीकाले भारतको सम्मानभन्दा माथि पैसालाई राखेको बताइएको छ । साथै भारत सरकारसँग मीका सिंहविरुद्ध कडा कदम उठाउन माग गरिएको छ ।
मीका सिंहले पाकिस्तानमा पूर्व राष्ट्रपति परवेज मुशर्रफको आफन्तको विवाहको कार्यक्रममा गीत गाउँदै गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो । अधिकांश भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले मीका सिंहलाई कारबाही गर्नुका साथै उनलाई प्रतिबन्ध गर्नुपर्ने माग गरिरहेका थिए ।
भारतले जम्मू-कश्मीरमा धारा ३७० हटाएपछि पाकिस्तानले त्यसको विरोध गर्दै भारतीय चलचित्रहरुलाई पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ । पाकिस्तानले भारत विरोधी कदम उठाइरहेका बेला मीका सिंह पाकिस्तानमै गएर कार्यक्रम गरेपछि उनको आलोचना भएको हो ।
यतिबेला भारतमा मीका सिंहको त्यस कदमलाई देशभक्तिसँग जोड्दै उनीमाथि प्रश्न उठाइँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।