पद्मश्री साहित्य पुरस्कार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’ लाई

 भदौ १०, २०७६ मंगलबार १४:४४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – २०७५ सालको पद्मश्री साहित्य पुरस्कारबाट रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’ पुरस्कृत हुने भएको छ ।

यस्तै पद्मश्री साधना सम्मानबाट इतिहासविद् डाक्टर महेशराज पन्तलाई सम्मान गर्ने निर्णय भएको खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिनुभयो । 

दुई–दुई लाख रुपैयाँ राशीका पुरस्कार कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिनेछ । आफैले भेटेर छुटेका केही पात्र र उनीहरुको मनोवृत्ति कलात्मक रुपले पस्केको ठहर गर्दैै निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएका आधारमा ‘छुटेका अनुहार’ कृतिलाई पद्मश्री साहित्य पुरस्कारबाट सम्मान गर्ने निर्णय गरिएको अध्यक्ष लामिछानेले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै नेपाली भाषा, संस्कृति र इतिहासका अन्वेषक डाक्टर पन्तका ६ वटा पुस्तक प्रकाशित छन् । उहाँले २०२१ सालदेखि इतिहास प्रधान पत्रिका पूर्णिमा पनि प्रकाशन गरिरहनुभएको छ ।

 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया