नाडा अटो शोमा नयाँ विद्युतीय कार

 भदौ ११, २०७६ बुधबार ८:५८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा नयाँ विद्युतीय कार पनि राखिएको छ । केही बैंकहरुले विद्युतीय कारका लागि सस्तो ब्याजदरमा कर्जा घोषणा गरेका छन् । त्यसैले विद्युतीय कारमा ग्राहकको आकर्षण बढेको छ ।

यसअघि नै बजारमा बिक्री भैरहेका महिन्द्राको ईटूओ र इभेरिटो, कियाको सोल ईभीसहित यसपटकको अटो शोमा नयाँ विद्युतीय कार पनि राखिएको छ ।

शोमा सिप्रदी ट्रेडिङले पहिलोपटक टाटाको विद्युतीय गाडी राखेको छ। एकपटक चार्ज गर्न ३ घन्टा लाग्ने र यसले १ सय ३० किलोमिटर यात्रा गर्न सकिनेछ ।

हुन्डाई कोना अटो शोको अर्को आकर्षण हो । हुन्डाई मोटर्सका नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्सले यो गाडी बिक्री गर्न थालिसकेको छ । तर नाडा अटो शोमा भने पहिलोपटक यो गाडी सार्वजनिक भएको छ । एकपटक चार्ज गर्दा यो गाडी ३२०–३५० किलोमिटरसम्म गुड्न सक्ने कम्पनीले जनाएको छ ।

यसअघि सियोल ईभी बेचेर उत्साहित भएको कन्टिनेन्टल ट्रेडिङले यसपटकको अटो शोमा कियाको निरो प्रदर्शनीमा राखेको छ ।

एकपटक चार्ज गरिसकेपछि यो गाडी ४ सय ८० किलोमिटरभन्दा धेरै गुड्न सक्ने किया कम्पनीको लागि नेपाली विक्रेता कन्टिनेन्टल एसोसिएट्सका मन्जित पोख्रेलले जानकारी दिनुभयो ।  यो गाडी एक महिनामा १ सय वटा निरो बिक्री भैसकेका छन् । यसको मूल्य ६६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

अटो शोमा एमजी कम्पनीको  विद्युतीय गाडी पनि प्रदर्शनीमा राखिने भएको छ । एमजी मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले उद्घाटनको दिन एमजी जेडएस ईभी प्रदर्शनीमा नराखिए पनि बुधबार भने प्रदर्शनीमा राखिने जनाएको छ । पारामाउन्ट मोटर्सका अनुसार यो गाडी एकपटक चार्ज गरिसकेपछि ३ सय ५० किलोमिटरभन्दा धेरै कुद्न सक्छ ।

यस्तै यसअघि नै नेपालमा विद्युतीय कार बिक्री गरिरहेको चिनियाँ कम्पनी बीवाईडीले पनि नाडा अटो शोमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । बीवाईडी ले एम–३ गाडी सार्वजनिक गरेको छ । यस्तै ई सिक्स पनि बिक्री भैरहेको छ ।

यस्तै बीवाईडीकै मिनी मल्टी युटिलिटी भेहिकल एमपिभी एम–३ विद्युतीय गाडी पनि सार्वजनिक भएको छ । यो गाडी ५ सिटर र ७ सिटर विकल्पमा उपलब्ध छ । यसको सुरुवाती मूल्य झण्डै ४५ लाख रुपैयाँ तोकिएको छ ।  बीवाईडी एम–३ ले एक पटकको फुल चार्जमा ३५० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।

यस्तै चिनियाँ कम्पनी दायुका विद्युतीय कार पनि नाडा अटो शोमा राखिएको छ ।  दायुका ३ वटा मोडल अटो शोमा राखिएको छ । दायुका कारको मूल्य १३ देखि १५ लाख रुपैयाँसम्म तोकिएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया