छायादेवी–चेतनाथ गजल पुरस्कार २०७५ अनाहत गजल संग्रहलाई

 भदौ ११, २०७६ बुधबार ९:२६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यस वर्षको छायादेवी–चेतनाथ गजल पुरस्कार गजलकार टक गुरुङको गजल संग्रह ‘अनाहत’ ले पाएको छ । 

काठमाण्डौमा मंगलबार भएको एक कार्यक्रमकाबीच अग्रज गजलकार द्वय रवि प्राञ्जल र करुण थापा तथा छायादेवी–चेतनाथ पराजुलीले संयुक्त रूपमा यो पुरस्कार प्रदान गर्नुभएको होे । गजलकार गुरुङ प्रवासमा रहेका कारण उहाँका प्रतिनिधि गजलकार लालकाजी श्रेष्ठले पुरस्कार ग्रहण गर्नुभएको थियो । 

कार्यक्रममा बोल्दै अतिथि सर्जक, अग्रज गजलकार रवि प्राञ्जलले पुरस्कार स्थापना कोषका संरक्षक जे सागरको प्रशंसा गर्दै अभिभावकलाई भार सम्झिने यो युगमा जे. सागरले आफ्ना मातापिताको नाममा यो पुरस्कार स्थापना गरेर पुण्य कार्य गरेको बताउनुभयो । अर्का श्रष्टा करुण थापाले पुरस्कृत गजलकार टक गुरुङको सिर्जना स्तरको तारिफ गर्दै अत्यन्त योग्य कृति पुरस्कृत भएकोमा खुशी व्यक्त गर्नुभयो ।

छायाँदेवी चेतनाथ गजल पुरस्कारका लागि दर्ता भएका कृतिहरुमध्ये यो वर्ष टीका आत्रेय पौड्यालको युगको संघार, नयन अधिकारीको नयनको मोड, नमिता बरालको आँगन र टक गुरुङको अनाहत मनोनयनमा परेका थिए ।

हरेक वर्ष  एक उत्कृष्ट गजल कृतिलाई दिइने यो पुरस्कारको स्थापना गजलकार जे. सागरले आफ्ना मातापिताको नाममा २०७४ सालमा स्थापना गर्नुभएको हो ।

दश हजार नगद राशिसहित प्रशंसा पत्रले सम्मान गरिने छायादेवी–चेतनाथ गजल पुरस्कार गएको वर्ष संयुक्त गजल संग्रह गजल इन्द्रेणी—३ ले पाएको थियो । छायादेवी–चेतनाथ गजल पुरस्कारको संयोजन बुलबुल पब्लिकेशनले गर्दै आएको छ ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया