अछाममा जीप दुर्घटना: २ जनाकाे ज्यान गयो, ५ जना घाइते

 भदौ १३, २०७६ शुक्रबार १९:१३:२५ | चन्द्र थापा
unn.prixa.net

अछाम - अछाम जिल्लाको मेल्लेख गाउँपालिका-७, नन्देगडामा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।

साँफेबगरबाट नन्देगडा जाँदै गरेको से १ ज ९८६ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा मेल्लेख गाउँपालिका-७, मौभेरीका कौशी साउँद र कित्थी साउँदको ज्यान गएको वडा अध्यक्ष नर बहादुर साँउदले जानकारी दिनुभयाे । जीप सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको स्थानीय नृप बुढाले जानकारी दिनुभयाे ।

दुर्घटनामा घाइते हुनेमा जीप चालक निर्प साउँद, सहचालक जनक साउँद र मनिषा उपाध्याय रहेको र बाँकी दुई जनाको नाम ठेगाना खुल्न नसकेको स्थानीय नृप बुढाले जानकारी दिनु भयो । घाइतेको प्राथमिक उपचारपछि थप उपचारका लागि न्याय हेल्थ बयलपाटामा ल्याइएको प्रहरीले जानकारी दिएकाे छ ।


 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया