राकिटीचले लिए राष्ट्रिय टिमबाट नाम फिर्ता

 भदौ १७, २०७६ मंगलबार ८:२९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

क्रोएसियाका स्ट्राइकर इभान राकिटीचले राष्ट्रिय टिमबाट नाम फिर्ता लिएका छन् । बार्सिलोनामा आफ्नो भविष्यमा अनिश्चित बनेका बेला उनले राष्ट्रिय टिमबाट नाम हटाएका हुन् ।

क्रोएसियाका मुख्य प्रशिक्षकले राकिटीच बार्सिलोनाबाट युभेन्टस जाने पछिल्लो कदमका कारण राष्ट्रिय टिममा फोकस हुन नसक्ने बताए ।

बार्सिलोनाको प्रशिक्षक इरनेश्ट भाल्भेर्डेले नेयमारलाई अनुबन्ध गर्नका लागि उनलाई लोनमा पठाउने तयारी गरेका थिए । तर त्यसमा उनी असन्तुष्ट रहेका थिए ।

पछिल्लो पटक पजल अवस्थामा रहेका राकिटिचसँग छलफल गरेपछि नै उनलाई टिममा नराखेको क्रोएसियाका प्रशिक्षकले बताए । उनको स्थानमा मार्को रोगलाई मौका दिइएको छ । यूरो छनोट अन्तर्गत क्रोयसियाले स्लोभाकिया र अजरबैजान विरुद्ध खेल्दैछ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया