साफ यू–१८ च्याम्पियनसिप : सोमबार भारत र बंगलादेशबीच प्रतिस्पर्धा

 असोज ६, २०७६ सोमबार ८:५५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाैमा भइरहेकाे साफ यू–१८ च्याम्पियनसिपमा सोमबार भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । समूह बीमा रहेको यी दुवै टिम सेमिफाइनल प्रवेशका लागि प्रबल दावेदारका रुपमा रहेका छन् ।

पहिलो खेलमा बंगलादेशले श्रीलंकामाथि ३–० को फराकिलो जित निकाल्दै सेमिफाइनल नजिक पुगिसकेको छ । भारतको भने पहिलो खेल हो । गएको संस्करणको उप–विजेता भारत यस पटक उपाधि जित्ने लक्ष्यसहित नेपाल आएको छ ।

भारत र बंगलादेशबीचको खेल हलचोक मैदानमा दिउँसो ३ बजेपछि सुरु हुने छ । यसअघि आइतबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल भुटानसँग ३–० ले पराजित हुन पुगेको थियो । 

पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको नेपाल भुटानसँग ३–० ले पराजित भएसँगै सेमिफाइनल पुग्ने होडबाट करिब–करिब बाहिर भएको छ ।

अब भुटानले माल्दिभ्सलाई कम्तीमा ४–० ले पराजित गरेमा मात्रै नेपाल सेमिफाइनलमा पुग्ने छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया