एटीभी इर्डनिविरुद्ध एभर्टन २२ गोलले विजयी, चार खेलाडीको ह्याट्रिक

 असार ३१, २०७५ आइतबार ६:३६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

एभर्टनले मैत्रीपूर्ण खेलमा अष्ट्रियाको एटीभी इर्डनिङलाई कीर्तिमानी २२ – ० गोल अन्तरले पराजित गरेको छ । उसका ४ खेलाडीले ह्याट्रिक गरे ।

प्रि सिजन तयारीमा रहेको एभर्टनले प्रशिक्षक मार्को सिल्भालाई क्लबमा भित्र्याएपछिको पहिलो खेलमा फराकिलो जित निकालेको हो ।


एभर्टनका लागि केभिन मिरालासले पाँच गोल गर्दा बाए ओउमार निअस्से र सेन्क तोसुनले समान चार–चार गोल गरे । यस्तै अडेमोला लुकम्यानले तीन गोल गरेका थिए । इर्डनिङविरुद्ध फराकिलो जित निकाल्ने क्रममा एभर्टनका चार खेलाडीले ह्याट्रिक गरेका थिए । र, एभर्टनले पहिलो हाफमै १० गोल गरेको थियो ।

एभर्टनले निकालेको यो जित अहिलेसम्मकै फराकिलो जित हो । यसअघि एभर्टनले १४ – ० को जित निकालेको थियो ।

 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया