सेरेना विलियम्सलाई हराउँदै एञ्जेलिक कर्वर बनिन् च्याम्पियन

 असार ३१, २०७५ आइतबार ६:५१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

जर्मनीकी एञ्जेलिक कर्वर तेस्रो ग्रण्डस्लाम टेनिस विम्बल्डनको महिलातर्फ च्याम्पियन बनेकी छन् ।
 
सात पटककी विजेता सेरेना विलियम्सलाई २–० को सोझो सेटमा हराउँदै ३० वर्षीय कर्वरले उपाधि जितिन् । विम्बल्डनको उपाधि पहिलो पटक जितेकी कर्वरको यो तेस्रो ग्राण्डस्लाम उपाधि हो । यसअघि उनले सन् २०१६ मा अष्ट्रेलियन ओपन र यूएस ओपनको उपाधि जितेकी थिइन् ।
 
२४औं ग्राण्डस्लाम जित्ने लक्ष्यमा रहेकी सेरेना भने यसपटक फाइनलमा हार्न पुगिन् । गत वर्ष आमा बनेपछि उनले आफ्नो पुरानो लय भेट्टाउन संघर्षरत छिन् ।
 
लण्डनको सेन्ट्रल कोर्टमा कर्वरले सरेनाको चुनौति ६)३ र ६)३ को सोझो सेटमा पन्छाएकी हुन् ।
 
विम्बल्डनको पुरुषतर्फका फाइनलमा भने सर्वियन नोभाक जोकोभिच र दक्षिण अफ्रिकाका केभिन एण्डरसन भिड्दैछन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया