३१ वर्षीय जोकोभिकलाई १३ औँ ग्राण्डस्लाम उपाधि

 असार ३२, २०७५ सोमबार ९:५६:१७ | एजेन्सी
unn.prixa.net

विम्बल्डन टेसिको उपाधि सर्वियाका नोभाक जोकोभिकले जितेका छन् । आइतबार राति भएको फाइनलमा दक्षिण अफ्रिकाका केभिन एण्डरनसनलाई ६–२, ६–२ र ७–६ को सोझो सेटमा हराउँदै उपाधि जितेका हुन् । 

३१ वर्षीय जोकोभिकले आफ्नो जीवनको १३ औ ग्राण्डस्लाम उपाधि हात पार्दै अमेरिकी पिट साम्प्रासभन्दा एक उपाधिले पछि परेका छन् । उनीभन्दा अघि रोजर फेडेररले २० र राफायल नाडालले १७ वटा ग्राण्डस्लाम उपाधि जितेका छन् । 

जोकोभिकले सन् २०१६ को फ्रेञ्च ओपनपछि महत्वपूर्ण प्रतियोगिता जित्न सकेका थिएनन् । 
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया