कृष्णनगर घटनाका मुख्य आरोपित भनिएका जमाल साह पक्राउ

 कात्तिक १६, २०७६ शनिबार १७:३६:५३ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - कृष्णनगर घटनाका मुख्य आरोपित जमाल साहलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ परेका साहलाई कृष्णनगरबाट जिल्ला सदरमुकाम तौलिहवा ल्याइएको प्रहरीले जनाएको छ ।

मुख्य आराेपित जमाल साह

‘लक्ष्मीपूजाको मूर्ति विर्सजनमा विवाद सृजना गर्ने र झडपसम्मको अवस्था निम्त्याउने मुख्य आराेप जमाल साहमाथि लागेकाेले अनुसन्धानका लागि उनलाई पक्राउ गरिएकाे हाे’, कपिलवस्तु प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपशमशेर जबराले जानकारी दिनुभयाे ।  

कृष्णनगरमा बुधवार र बिहीबार भएको दंगाका प्रमुख आरोपी जमाल साह रहेको भन्दै उनलाई पक्राउ गरी नियम अनुसारको कडा कारबाही हुनुपर्ने मागसहित सांसद अभिषेक प्रताप शाहले गृहमन्त्री राम बहादुर थापालाई ज्ञापन पत्र बुझाउनुभएकाे थियाे । गृहमन्त्री थापाले ज्ञापन पत्र बुझ्दै घटनामा संलग्न रहेका आरोपी शाहलाई पक्राउ गरिने आश्वासन दिएको सांसद अभिषेक प्रताप शाहले बताउनुभयाे ।

सांसद शाहले कृष्णनगर घटनामा गोली लागेर ज्यान गुमाएका २१ वर्षीय सुरज गुप्ताको आत्माको चीर शान्तिको कामना गर्दै पीडित परिवारलाई राज्यबाट उचित क्षतिपूर्तिको लागि माग गर्नुभएकाे छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया