‘ससुराले छिमेकीसँग मिलेर ‘बाेक्सी’ भन्दै फलाम तताएर डाम्न खाेज्दा भागेर माइती आएँ !’

 कात्तिक २०, २०७६ बुधबार २०:४०:२८ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – याङ्वरक गाउँपालिका-२, फलैँचामा ससुराले बोक्सी भन्दै फलाम तताएर डाम्न खोजेपछि बुहारी माइतीको शरणमा पुगेकी छिन् ।

हिलिहाङ गाउँपालिका ३ को कुर्लुम्बामा माइती भएकी पूजा भारतीले आफूलाई ससुरा कान्तप्रसाद गिरीले मंगलबार बोक्सी भन्दै यातना दिएको बताउनुभएको छ । ससुराले छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर निर्घात कुटपिट गर्नुका साथै फलाम तताएर डाम्न खोजेको पीडित पूजाले बताउनुभयो ।

कुटपिटपछि ससुराले डाम्नलाई फलाम तताउँदै गर्दा महेन्द्रले समाइरहेको अवस्थामा आफू फुत्किएर भाग्न सफल भएको उहाँले भन्नुभयो । 

उहाँ अहिले माइतीको शरणमा पुग्नुभएको छ । गएको भदौ ३१ गते राति कान्तप्रसाद र महेन्द्रप्रसादले आफूलाई बोक्सी भन्दै निर्धात कुटपिटसमेत गरेको पूजाको भनाइ छ । 

त्यही रात नजिकैको प्रहरी चौकीमा ठाडो उजुरी दिए पनि प्रहरीले बेवास्ता गरेको उहाँले गुनासो गर्नुभयो । प्रहरीले जाहेरी विनाकारबाही गर्न नमिल्ने भनेपछि गएको असोज २७ मा जाहेरी गरे पनि प्रहरीले पीडकलाई अझै पक्राउ नगरेको उहाँको दुखेसो छ । 

घटनापछि कान्तप्रसाद र महेन्द्रप्रसाद अहिले फरार रहेको पाँचथरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिलकुमार पौडेलले बताउनुभयो । कान्तप्रसादले धामीको काम गर्ने गरेको बताइएको छ ।

कान्तप्रसादले ‘मेरो छोरो खान लागिस्, घटेर मर्न लाग्यो’ भन्दै ससुराले यातना दिएको पीडित पूजाको भनाइ छ । सासुले पनि ‘बोक्सी’ भन्दै मानसिक यातना दिने गरेको उहाँले बताउनुभयो । 

बावुआमाकै कुरा सुन्ने गरेका श्रीमान तेजप्रसाद गिरीबाट पनि आफू अपहेलित भएको पीडित पूजाले बताउनुभयो । फरार आरोपितहरुको खोजी भैरहेको इन्स्पेक्टर पौडेलले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया