जापानमा कृषि क्षेत्रको लागि दक्ष कामदार लैजान भाषा र सीप परीक्षण हुने

 कात्तिक २५, २०७६ सोमबार १८:३३:४६ | उज्यालो सहकर्मी

काठमाण्डौ – जापानमा कृषि क्षेत्रको लागि नेपालबाट दक्ष कामदार लैजान भाषा र सीप परीक्षा सञ्चालन हुने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र जापानका कृषि वन तथा फिसेरी मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडाको नेतृत्वमा आएको जापानी प्रतिनिधिमण्डलको टोलीबीच सोमबार यस विषयमा छलफल भएको छ ।

छलफलमा यसअघि तय भएको विभिन्न १४ क्षेत्रमध्ये कृषि क्षेत्रमा जापानलाई चाहिने कामदारको सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्नेबारे कुरा भएको हो ।

छलफलमा  मन्त्री विष्टले अहिले चलिरहेको नर्सिङ कियर गिभर लिने प्रकृयालाई थप  गुणस्तरीय र विश्वसनीय बनाउन समेत अनुरोध गर्नुभयो ।

छलफलमा जापानी प्रतिनिधिमण्डलका टोली प्रमुख नाकडाले नेपालबाट कृषि, मत्स्य एवं फुड सर्भिस सम्बन्धित क्षेत्रमा नेपाली कामदार लैजान जापान इच्छुक रहेको भन्दै नेपाली कामदारलाई आवश्यक सीप तालिम प्रदान गर्न जाइकामार्फत सहकार्य गर्न सकिने बताउनुभयो ।

मन्त्री विष्टले नेपालमा कृषिमा आवद्ध जनशक्ति धेरै रहेकोले यसबाट जापान थप लाभान्वित हुन सक्ने बताउनुभयो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया