लिम्बू भाषामा कक्षा ६ र ७ को पाठ्यपुस्तक निर्माण

 साउन ३, २०७५ बिहिबार १७:५५:१२ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – लिम्बू समुदायको ४०.१२ प्रतिशत वसोबास रहेको पाँचथरमा लिम्बू भाषामा कक्षा ६ र ७ को पाठ्यपुस्तक निर्माण भएको छ । 

जिल्ला पाठ्यक्रम समन्वय समिति पाँचथरले पाठ्यपुस्तक प्रकाशनमा ल्याएको हो । कक्षा ६ को पाठ्यपुस्तक शैक्षिक सत्र २०७४ मै निर्माण भएर पठनपाठन हुनेगरि प्रकाशित भएको हो । कक्षा ७ को भने यसै शैक्षिक सत्रदेखि पठनपाठनको लागि प्रकाशनमा ल्याइएको हो ।

कक्षा ६ मा लिम्बू भाषामा जिल्लाका १४ वटा विद्यालय र कक्षा ७ को ९ वटा विद्यालयमा ऐच्छिक विषयको रुपमा पठनपाठन भइरहेको लिम्बूभाषा पाठ्यपुस्तक निर्माण समितिका संयोजक तथा सम्पादक हरिचन्द्र लावतीले बताउनुभयो ।

यसअघि जिल्लामा कक्षा १ देखि ५ सम्म लिम्बू भाषाको पाठ्यपुस्तक निर्माण भइ ऐच्छिक विषयको रुपमा पठनपाठन हुंदै आए पनि कक्षा६ र ७ को पाठ्यपुस्तक भने पाँचथरमा नेपालमै पहिलोपटक निर्माण गरिएको हो ।

संयोजक लावतीका अनुसार पाठ्यपुस्तककमा ५० प्रतिशत लिम्बू भाषा र संस्कति भाषा, ३० प्रतिशत पेशा र प्रविधि, १० प्रतिशत विज्ञान र १० प्रतिशत गणित विषयलाई समावेश गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया