सागमा ७० लाख रुपैयाँ बराबरको फूल र माला प्रयोग

 मंसिर २६, २०७६ बिहिबार १२:२०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - १३ औँ  दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा सरकारले फूल र मालामा ७० लाख रुपैयाँ बराबरको खर्च गरेको छ ।

गएको १५ गतेदेखि २४ गतेसम्म भएको साग प्रतियोगिताको सजावट र बगैँचा निर्माणमा ६० लाख रुपैयाँ बराबरको फूलको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसशन अफ् नेपालले जनाएको छ । एसोसिएसशनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार खेलाडी र पदाधिकारीको स्वागत, सम्मान र बिदाइमा भने १० लाख रुपैयाँको फूलको प्रयोग भएको छ ।

साग प्रतियोगितामा प्रयोग भएका सबै फूल स्वदेशमा नै उत्पादन भएको पनि उहाँले बताउनुभयो । नेपालमा पछिल्लो समयमा फूलको व्यवसाय फस्टाउँदै गएको छ ।

गएको आर्थिक वर्षमा नेपालमा २ अर्ब ६१ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । तर अझै  पनि मागअनुसारको उत्पादन नहुँदा हरेक वर्ष भारतबाट १० प्रतिशत आयात गर्नु पर्ने बाध्यता छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया