धुलो र धुवाँको संक्रमणबाट कसरी बच्ने ?

 पुस ४, २०७६ शुक्रबार १०:२२:२९ | विना न्याैपाने
unn.prixa.net

हिउँदे झरी रोकिएसँगै फेरि सडकमा धुलो उड्न थालेको छ । काठमाण्डौ उपत्यकालगायतका मुख्य शहरी क्षेत्रमा धुवाँ धुलोको समस्या नयाँ पनि होइन ।

धुवाँ धुलोले एलर्जी हुने, आँखा चिलाउने, घाँटी खसखस हुने, खोकी लाग्ने, श्वास नली सुन्निने जस्ता समस्या देखा पर्छ । यसले दीर्घकालीन समस्या पनि निम्त्याउँछ । 

देखा पर्ने लक्षण 

नाक चिलाउने, नाकबाट पानी बग्ने ।
हाच्छ्यूँ आउने ।
घाँटी चिलाउने ।
कान चिलाउने ।
घाँटी दुख्ने ।
खानेकुरा निल्न गाह्रो हुने ।
सामान्य ज्वरो आउने । 
जीउ दुख्ने । 

धुवाँ धुलोले गर्ने असर 

धुलो धुवाँले श्वाप्रश्वाससम्बन्धी हरेक अंगलाई असर गरेको हुन्छ । नाकदेखि छातीसम्म नै असर गर्छ । 
नाक सुख्खा हुने हुन्छ । 
नाकको पछाडि धुलो जम्ने र त्यसले गर्दा घाँटीमा सुख्खापन भएर बिझाउने हुन्छ । 
घाँटीमा केही अड्किएजस्तो हुन्छ ।
घाँटी दुख्ने, कोक्याउने समस्या हुन्छ । 

बच्ने उपाय

मास्क लगाएर मात्रै घरबाहिर निस्कने ।
हाच्छियूँ गर्दा मुख छोप्ने । 
बालबालिकामा यस्तो समस्या छ भने तीन, चार दिन घरमा नै आराम गराउने । 
बिहान बेलुका नियमित ब्रस गर्ने । 
कसै कसैलाई दही मोहीजस्ता डेरीका उत्पादनले असर गर्ने हुन्छ, त्यो नखाने । 
चिल्लो, पिरो मसला धेरै भएको खानेकुरा नखाने । 
खाना खानेबित्तिकै नसुत्ने । 
घाँटी अलिअलि दुख्दैमा आफैं औषधि किनेर नखाने, किनभने ‘एन्टिबायोटिक’को मात्रा धेरै भएर पछि औषधिले काम गर्न छोड्छ । त्यसैले डाक्टरलाई देखाएर मात्रै खाने । 

घरमा नै गर्न सकिने उपाय

नुन पानीले कुल्ला गर्ने
फिटकिरी पानीले कुल्ला गर्ने
सिटामोल खाने,
मुख सफा गर्ने 
आराम गर्ने । 
(विना न्यौपानले वीर अस्पतालमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर अनिता जिसीसँग गरेको कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया