प्रचुर सम्भावना बाेकेकाे पाँचथरकाे पर्यटकीय गन्तव्य लोहाकिल ओझेलमा

 पुस ११, २०७६ शुक्रबार १६:२६:६ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - सूर्योदय तथा सुन्दर हिमाली शृङखलाहरुकाे दृश्यावलोकनका लागि उत्कृष्ट गन्तव्य हो लोहाकिल डाँडा । यो डाँडा फिदिम नगरपालिका–१४, फाल्गुनन्द गाउँपालिका–३ र इलाम जिल्लाको सन्दकपुर गाउँपालिकाको त्रिकोणात्मक संगमस्थलमा अवस्थित छ ।

यहाँबाट झुल्केघामको सुन्दर दृष्य हेर्न सकिन्छ भने सगरमाथा, कञ्चनजंघा, कुम्भकर्ण, लगायतका हिमश्रृङ्खलाको मनमोहक दृष्य समेत नियाल्न सकिन्छ ।


तर प्रचार–प्रसारको अभावले लोहाकिल अझै ओझेलमा परेको छ । यो क्षेत्रलाई पर्यटकीय हिसाबले विकास गर्न चर्चा चलेको धेरै भए पनि ठोस काम भने हुन सकेको छैन ।

याे लाेहाकिल डाँडा तीन हजार सात मिटर उचाइमा छ। 

पर्यटकीयस्थल सुकेपोखरी नजिकै छ लोहाकिल ।मेची राजमार्गको पाँचथरमा रहेकाे पौवाभञ्ज्याङ बजारबाट सुकेपोखरीसम्म पाँच किलोमिटर मोटर यात्रा गर्न सकिन्छ । सुकेपोखरीबाट आधा घन्टा पैदल हिँड्दा लोहाकिल पुगिन्छ जहाँबाट बिहानै रहरलाग्दो झुल्केघामको दृष्य हेर्न सकिन्छ ।

लोहाकिलसँगै सुकेपोखरी तथा नजिकै साधुटार, राँके, देउराली, धार्मिक पर्यटकीय क्षेत्र सिलौटी र लब्रेकुटिजस्ता सुन्दर ठाउँ छन् । लोहाकिल यात्रामा निस्कँदा यी सबै ठाउँको एक दिने प्याकेज भ्रमण गर्न सकिन्छ ।

हिजाेआज बेला–बेला आन्तरिक पर्यटक लोहाकिल पुग्ने गरेको स्थानीय सुरेश राईले बताउनुभयो । लेकाली क्षेत्रमा पर्ने यो ठाँउमा हिउँदको सिजनमा हिँउ खेल्न विभिन्न ठाँउहरुबाट युवा युवतीहरुको भिड लाग्ने गर्दछ ।

प्रचार–प्रसार र प्रवर्द्धनको कमीले ओझेलमै रहेको लोहाकिल क्षेत्रको पर्यटकीय विकासमा लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिएकाे छ।
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया