पाँचथरकाे फिदिममा 'महिनावारी मेला'

 पुस १८, २०७६ शुक्रबार ८:३०:५ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – 'महिनावारी हाम्रो भाग्यवारी' भन्ने नाराका साथ पाँचथरको फिदिम नगरपालिकामा बिहीबार एक दिने महिनावारी मेला सम्पन्न भएको छ ।

महिलाहरुमा हुने महिनावारीप्रतिको अन्धविश्वासलाई हटाउने उद्देश्यले 'परिवर्तनको सुरुवात' नामक संस्थाले मेलाको आयोजना गरेको हो । महिनावारी हुनु अभिशाप नभइ भाग्य हाे भन्ने सन्देश फैलाउन मेलाको आयोजना गरिएकाे संस्थाकी अध्यक्ष विविशा बुढाथोकीले बताउनु भयो ।

मेलामा महिलामा हुने महिनावारीसँग सम्बन्धित नाै वटा स्टल राखिएको थियो । मेलामा सहभागीहरुलाई महिनावारीको लक्षण, महिनावारी के हो ? महिनावारी किन र कसरी हुन्छ ? महिनावारी भएको बेला के खाने र महिलाको स्वास्थ्यको बारेमा जानकारी दिइएकाे थियो ।

महिनावारी भएको बेला प्याड प्रयोग गर्ने बारेमा समेत जानकारी दिइएको संस्थाकी सचिव दीक्षा थपलियाले बताउनु भयो ।

घर परिवारका सबै सदस्यहरुलाई महिनावारीको बारेमा जानकारी भएमात्र महिनावारीप्रतिको अन्धविश्वास हट्ने मान्यताको साथ मेलामा युवायुवती वृद्धवृद्धा, र विद्यार्थीहरुलाई सहभागी गराइएको थियो ।

याे मेलाकाे लागि फिदिम नगरपालिकाले आर्थिक सहयोग गरेकाे थियो । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया