चेल्सीका मिडफिल्डर विलियनलाई ल्याउन बार्सिलोनाको प्रयास जारी

 साउन ६, २०७५ आइतबार १२:३२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस क्लब बार्सिलोनाले चेल्सीका मिडफिल्डर विलियन आवद्ध गर्ने प्रयास जारी राखेको छ ।

विलियनलाई आवद्ध गर्नका लागि दृढ संकल्प गरेको बार्सिलोनाले चेल्सीसामू तेस्रो प्रस्ताव गर्दै ६५ मिलियन पाउण्डको चेक अघि सारेको छ ।

लियोनल मेस्सी र लुइस स्वारेजमाथि अग्रपंक्तिमा पर्दै आएको भार कम गर्नका लागि बार्सिलोना २९ वर्षे विलियनलाई आबद्ध गर्न चाहन्छ । तर नवनियुक्त प्रशिक्षक माउरिजियो सार्री विलियनका प्रशंसक भएका कारण पनि चेल्सीले उनलाई रिलिज नगर्ने सम्भावना छ ।

तर बार्सिलोनाको यो अफरले चेल्सी प्रभावित हुन सक्नेछ । विलियनका लागि मेस्सी र फिलिपे काउटिन्हो पनि उत्साहित रहेको बुझिएको छ ।

यसअघि विलियनका लागि बार्सिलोनाले ५० मिलियन पाउण्डको अफर गरेको थियो । बार्सिलोनाको पछिल्लो प्रस्तावप्रति चेल्सीले प्रशिक्षण टोलीसँग छलफल गर्ने बताइएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया