देशको शासन प्रणाली राष्ट्रपतिले सञ्चालन गर्ने व्यवस्था हुनुपर्छ : उपेन्द्र यादव

 माघ ३, २०७६ शुक्रबार २०:१९:४८ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी प्रत्यक्ष राष्ट्रपतिबाट देशको शासन प्रणाली सञ्चालन हुनुपर्नेमा जोड दिनुभएको छ ।

शुक्रबार पार्टीको मधेश प्रदेश समितिद्वारा आयोजित संगठन विस्तार एवं सुदृढीकरण अभियानको उद्घाटन कार्यक्रममा अध्यक्ष यादवले यस्तो बताउनुभएको हो 

उहाँले मधेशसहितका अधिकारवादी आन्दोलनपछि संविधानमा लेखिएको संघीयता कागजमै सीमित भएको बताउनुभयो । कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री एवं पार्टीका उपाध्यक्ष लालबाबु राउतले मधेश आन्दोलनसहित विभिन्न अधिकारवादी आन्दोलन स्वायत्त शासन अधिकार सहितको प्रदेश खोजेको बताउनुभयो ।  

संविधान संशोधन प्रदेशलाई अधिकार सम्पन्न बनाउन मात्र नभइ सबैलाई समानुपातिक अधिकार प्रदान गर्नुपर्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया