अछाममा एक महिनाको अवधिमा ३ हजारभन्दा बढी छाउगोठ भत्काइए

 माघ १०, २०७६ शुक्रबार १२:४४:४६ | चन्द्र थापा
unn.prixa.net

अछाम - अछाम जिल्लामा एक महिनाकाे अवधिका ३ हजार १ सय ५७ गोठ भत्काइएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामको तथ्यांक अनुसार स्थानीय बुद्दिजीवीहरुकाे पहल तथा स्वत:स्फूर्तरुपमा त्यति संख्यामा छाउगाेठ भत्काइएका हुन् ।

जिल्लाका ९१ वडामा चलिरहेको छाउगोठ भत्काउने अभियान अन्तर्गत बिहबारसम्म  ३ हजार १ सय ५७ छाउगोठ भत्काइएका हुन्  । अछामका अधिकांश वडा अन्तिम गोठ मुक्त घोषणाको तयारीमा समेत जुटेका छन् ।

जिल्ला, नगर तथा गाउँपालिकाको अनुगमनपछि मात्र अब वडा घोषणाको अभियान जिल्लामा चल्ने भएको छ । साँफेबगर नगरपालिकाले मन्त्रालयको निर्देशन आउनेबित्तिकै छाउगोठ भत्काउन सुरु गरेको थियो भने अन्य स्थानीय तहले पुस १५ गते भएको सर्वदलीय बैठकको निर्णयपछि छाउगोठ भत्काउन सुरु गरेका थिए ।

हालसम्म सबैभन्दा धेरै छाउगोठ ढकारी गाउँपालिकामा र त्यसपछि साँफेबगर नगरपालिकामा भत्काइएका छन । प्रहरीका अनुसार साँफेबगर नगरपालिकामा ४ सय ३२, मंगलसेन नगरपालिकामा २ सय ९६, पञ्चदेवल विनायक नगरपालिकामा २ सय ३५, कमलबजार नगरपालिकामा १ सय २९, ढकारी गाउँपालिकामा ५ सय १३ छाउगोठ भत्काइएका छन् ।

त्यसैगरी तुर्माखाँद गाउपालिकामा ४ सय १६, मेल्लेख गाउँपालिकामा ३ सय ७०, रामारोशन गाउपालिकामा १ सय ७०, चौरपटि गाउँपालिकामा ३ सय ३२ र बान्निगढी जयगढ गाउँपालिकामा २ सय ३८ गोठ भत्काइएका जिल्लाप्रहरी कार्यालय अछामका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

२०७४ भदौ महिनाबाट कार्यान्वयनमा आएको मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३) ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउगाेठमा राख्ने वा अन्य भेदभाव, छुवाछुत तथा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ ।

यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था नयाँ कानुनले व्यवस्था गरेको छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया