डाेटीकाे सेती नदीमाथिकाे निर्माणाधीन पुलको काम छिटाे सक्न मुख्यमन्त्री भट्टको निर्देशन

 माघ ११, २०७६ शनिबार १८:५४:११ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शिखर नगरपालिका-१०, बानीडुग्रीसैनको सेती नदीमाथि निर्माणाधीन पक्की पुलकाे काम चाँडो सक्न निर्देशन दिनुभएको छ ।

पुननिर्माणको काम सुरु भएको वर्षाैँ बितिसक्दा पुल नबनेको भन्दै उहाँले यस्ताे  निर्देशन दिनुभएको हो । 

भट्टले सडक डिभिजन कार्यालय दिपायल कुल्पतेका निमित्त प्रमुख वीरेन्द्र चन्दलाई पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले काम सुरु गर्न आनाकानी गरे कारबाहीको लागि सिफारिस गर्न आग्रह गर्नुभएको छ । 

 मुख्यमन्त्री भट्टले भन्नुभयो, ‘काम सुरु गर्न ठेकेदार कम्पनीलाइ खबर गर्नुहोस् ।  काम सुरु नगरे कारबाहीका लागि पत्र पठाउनुहोस् ।  हामी कारबाही गर्छौँ ।’

प्रमुख चन्दले गलत स्टेटमेट तथा ठेकेदार कम्पनीको हेलचेक्र्याईँका कारण पुल निर्माणमा समस्या आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पुलको स्टेमेट पनि केही गलत भएको छ । त्यसैमाथि ठेकेदार कम्पनीले लापर्वाही गर्दा यस्तो समस्या निम्तिएको हो ।’ जिल्लाको सातनाली–मेल्लेक–बझाङ्ग सडकलाई केआईसिंह राजमार्गसँग जोड्न सेती नदीमाथि पक्की पुल निर्माण गर्न २०७१ साल असार २० गते सम्झौता भएको थियो । 

२६ करोड २० लाख रुपैयाँ लागतमा निर्माण हुने करिब ४ सय  मिटर लामो आरसिसी पुलका लागि डिभिजन सडक कार्यालय दिपायल कुलपातेले पुष्प-राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौता अनुसार विसं २०७४ असार २० गतेभित्र पुल निर्माण भइसक्नु पर्ने भए पनि पुलको निर्माण कार्य अहिले सम्म जम्मा २० प्रतिशत मात्रै भएको छ ।

नदीमा पुल नभएकै कारण बिसं २०४९ सालदेखि निर्माण सुरु भएको सातनाली–मेल्लेक–बझाङ्ग सडक पनि अलपत्रमा परेको छ । पुल नभएरै उक्त सडकमा यातायातका साधन पनि सञ्चालन हुन नसकेको स्थानीयवासी प्रेमबहादुर बलायरले बताउनुभयो । 

सडक डिभिजन कार्यालयले पहिलो पटक ठेक्का सम्झौताको अवधि सकिएर विसं २०७५ पुस मसान्तसम्मका लागि म्याद थपिएको थियो । पुनः म्याद थपिए पनि काम भने सुरु भएन । यति हुँदा पनि ठेकेदार  कम्पनीलाई कारबाही हुन सकेको छैन । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया