चाैबीस हजार चिठी घरमै लुकाए जापानका एक पूर्व हुलाक कर्मचारीले : जेलसँगै लाखाैँ जरिबाना हुनसक्ने

 माघ १२, २०७६ आइतबार १९:२४:३६ | एजेन्सी
unn.prixa.net

जापानका प्रहरीले एक पूर्व हुलाक कर्मचारीले २४ हजार चिठी आफ्नै घरमा लुकाइराखेको तथ्य फेला पारेका छन् ।

स्थानीय अधिकारीहरुका अनुसार ती पूर्व हुलाक कर्मचारको घरमा छापा मार्दा त्यति मात्रामा रहेका चिठीहरु सम्बन्धित व्यक्तिहरुकोमा नपुयाइ घरमै लुकाएर राखिएको फेला परेको हो ।

बीबीसीले नाम नखुलेका ती ६१ वर्षीय पूर्व हुलाक कर्मचारीको हवाला दिँदै त्यति धेरै चिठी पुयाउन झण्झटिलो हुने भएको र आफूभन्दा कम उमेरका सहकर्मीभन्दासेवा प्रवाहमा कमजोृर पनि देखिन नचाहेकाले आफूले ती चिठीहरु घरमै लुकाएर राखेको उल्लेख गरेको छ ।

योकोहामाको हुलाक कार्यालयले यसप्रति खेद प्रकट गर्दै ती सबै चिठीहरु सम्बन्धित व्यक्तिहरुकोमा पुयाउने वाचा गरेको छ । 

जापानको स्थानीय सञ्चारमाध्यम क्योदाका अनुसार  ती पूर्व हुलाक कर्मचारीे पत्र प्रेषण प्रमुख रहेको हुलाक कार्यालयको शाखामा अघल्लिो वर्ष गरएिको आन्तरिक जाँचका क्रममा केही गडबडी भएको शंका गरिएको थियो ।

ती व्यक्तिले अपराध स्वीकार गरेका थिए भने त्यसैका आधारमा उनलाई जागिरबाट बर्खास्त गरिएको थियो ।
त्यसलगत्तै अधिकारीहरुले २०१७ को फेब्रुअरीदेखि अघिल्लो वर्षको नोभेम्बरसम्म करिब एक हजार चिठी गायब भएको भन्दै प्रहरीमा अपराध मुद्दा दर्ता गरेका थिए ।
तर प्रतिवेदनका अनुसार ती पूर्व हुलाक कर्मचारीले सन् २००३ देखि नै चिठीहरु घरमा लुकाउँदै आएका थिए ।

यदि उनीमाथिको कसुर प्रमाणित भएका उनलाई तीन वर्षसम्म जेल अथवा पाँच लाख येन (झण्डै साढे पाँच लाख नेपाली रुपैयाँ) जरिबाना गरिनेछ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया