प्रदेश सभा-२ को दुई वर्ष : कानुन निर्माणमा ढिलाइ

 माघ २१, २०७६ मंगलबार १७:२६:५ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - प्रदेश २ काे प्रदेश सभा गठन भएकाे दुई वर्ष पूरा हुँदा जम्मा २३ वटा मात्र कानुन बनेका छन् ।

प्रदेश सभाले पहिलो एक वर्षमा १६ वटा कानुन निर्माण गरेको थियो भने दोश्रो वर्षमा मात्र ७ वटा कानुन निर्माण गर्न भ्याएको छ । दुई वर्षको अवधिमा ४६ वटा विधेयक प्रस्तुत भएकोमा २३ वटा पारित हुन सकेको हो भने अन्य विधेयक दर्ता भएर थन्किएकाे र केही छलफलको क्रममा रहेको प्रदेश सभाले जनाएको छ ।

प्रदेश सभा सचिवालयका प्रमुख रञ्जित यादवले जनाए अनुसार अहिलेसम्म ४६ वटा विधेयक दर्ता भएकोमा २३ वटा पारित भइसकेको, १६ वटा सभामा छलफलको क्रममा रहेको भने ७ वटा विभिन्न समितिमा पेश भएको छ ।

उहाँका अनुसार प्रदेश सभा नियमित रुपमा सञ्चालन हुन नसक्दा विधेयक पारितमा ढिलाई हुन गएको हो । सभाको बैठक नियमित रुपमा संचालनमा आएपछि धमाधम पारित हुनेछ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सरकार व्यवस्थित रुपमा सञ्चालनका लागि ९९ वटा कानुनको पहिचान गरिएको छ । जसमध्ये २३ वटा पारित भइसकेको छ भने २७ वटा कानुन दर्ता भई छलफलको क्रममा रहेको र अन्य ६ वटा कानुन विभिन्न समितिमा सहमतिको अन्तिमको चरणमा रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार ती छलफलका क्रममा रहेका कानुनमध्ये १५ वटा विधेयकमा सभाको बैठकमा छलफल भई पारितको अन्तिम चरणमा रहेका छन् । संसद संचालन हुने बितिकै धमाधाम पारित हुनेछ । प्रदेश सरकार संचालनका लागि महत्वपूर्ण कानुनहरु मध्ये अधिकांश पारित भइसकेको र अन्य अन्तिम चरणमा रहेकोले सरकार व्यवस्थित रुपमा सञ्चालन हुनेछ ।

मन्त्री यादवले आफूहरु अहिले सिकाइको क्रममा रहेकाे र कर्मचारी अभाव, उप निर्वाचन तथा बीच बीचमा सबै दलका माननीयहरुको मनोकांक्षा पूरा हुन नसकेकाले कानुन निर्माणमा ढिलाइ भएकाे जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया