जहाजमा यात्रा गरिरहेका थप ४१ जनामा काेराेनाकाे सङ्क्रमण देखियाे, जापानमा मात्रै ८६ जना सङ्क्रमित

 माघ २४, २०७६ शुक्रबार ९:२८:१९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – जापानको योकोहामा बन्दरगाहमा जहाजमा यात्रा गरिरहेका थप ४१ जनामा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

यसअघि जहाजमा यात्रा गरिरहेका १० जनामा कोरोनाको सङ्क्रमण देखिएपछि चालक दलका सदस्यसहित जहाजमा रहेका ३ हजार ७ सय जनालाई गएकाे बुधबारदेखि नै १४ दिने क्वारेन्टाइनमा राखिएको थियो ।

जहाजमा यात्रा गरिरहेका थप ४१ जनामा कोरोनाको सङ्क्रमण देखिएसँगै जहाजमा रहेका ६१ जनामा कोरोनाकाे सङ्क्रमण भएको पुष्टि भएको बीबीसीले जनाएको छ । उनीहरुलाई अस्पताल लैजाने तयारी भएको छ ।

जहाजमा रहेका २८ जना जापानी, ११ जना अमेरिकी, अस्ट्रेलिया र क्यानाडाका सात–सात जना, चीन र हङकङका तीन–तीन जना, न्युजिल्याण्ड, ताइवान, फिलिपिन्स र अर्जेन्टिनाका एक–एक जनामा कोरोना भएको पाइएको हो ।

योसँगै जापान चीनपछि कोरोनाका बिरामी धेरै देखिने देश बनेको छ । जापानका ८६ जनामा कोरोना भएको पुष्टि भएको छ । वुहान शहरबाट सुरु भएको कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा मात्रै ६ सय ३६ जनाको ज्यान गैसकेको छ भने ३१ हजार १ सय ६१ जनामा सङ्क्रमण भएको पाइएको छ ।

यस्तै चीन बाहिर २५ देशमा कोरोना सङ्क्रमित भेटिएकामा अहिलेसम्म फिलिपिन्स र हङकङमा एक–एक जनाको ज्यान गैसकेको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया