पाल्पाली ढाका परियोजनाका लागि ५ करोड रुपैयाँ आर्थिक सहयोग

 फागुन १, २०७६ बिहिबार १५:३६:५४ | देव पचभैया
unn.prixa.net

पाल्पा  - पाल्पाली ढाका परियोजनाको लागि प्रदेश सरकार र यूके एडले झण्डै ५ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । पाल्पाली ढाका सीप परियोजनाबाट झण्डै १५ सय युवा स्वरोजगार बन्ने  अनुमान  लगाइएको छ । 

तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, पाल्पाली ढाका संघका अध्यक्ष पूर्णमायाँ महर्जन र सीप परियोजनाका प्रमुख बल्जित बोहोराले ‘ढाका परियोजना सम्झौता पत्रमा बुधबार हस्ताक्षर गर्नुभएको थियो ।   

परियोजनाबाट तालिम सञ्चालन गर्ने र उद्यमी बन्न चाहनेहरुलाई जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थामार्फत लगानी गर्ने सम्झौता भएको छ । उद्यमीले चाहेअनुसार संस्थाले प्रक्रिया पूरा गरेर सस्तो ब्याजदरमा ऋण लगानी गर्ने भएको छ । 

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भने मुख्यमन्त्रीको सपथ खाने बेलामा पाल्पाली ढाकाको टोपी नपाएको गुनासो गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले सपथ लिने बेला बुटवल बजारभरी घुम्दा पनि पाल्पाली ढाकाको टोपी नपाएको बताउनुभएको हो ।  

नेपालीको पहिचान दिने पाल्पाली ढाका टोपी पछिल्लो समय ओझेल पर्दै गएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । समयको माग अनुसार गुणस्तरीय पाल्पाली ढाकाको ब्राण्ड दिनसके बजारको समस्या नहुने उहाँले बताउनुभयो । विदेशमा समेत ढाकाबाट बनेका सामाग्रीहरु बेच्न सकिने उहाँको भनाइ छ । 

तानसेन नगरपालिकाका प्रमुख शाहीले पाल्पाको पहिचान पाल्पाली ढाकाको उत्पादन घटेपनि माग बढीरहेको बताउनुभयो । बाहिरी ढाकाको आयात हुँदा पाल्पाली ढाकालाई असर परेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया