पाल्पामा दुई जना जनप्रतिनिधिसहित १४ जुवाडे पक्राउ

 फागुन ३, २०७६ शनिबार ११:२३:१९ | देव पचभैया
unn.prixa.net

पाल्पा - दुई जना जनप्रतिनिधिसहित पाल्पाको  रामपुरमा १४ जना जुवाडे पक्राउ परेका छन् ।

रामपुर ५ रानाटोलमा रहेकाे रुद्रकुमार श्रेष्ठको घरमा जुवा खेलिरहेका वडा नम्बर ४ का वडा सदस्य ३७ वर्षीय तिर्थ बहादुर थापा, वडा नम्बर ५ का वडा सदस्य ४९ वर्षिय काशिनाथ रेग्मी सहित १४ जना पक्राउ परेका हुन् ।

उनीहरुकाे साथबाट ८ बुक तास र एक लाख तीन हजार दुई सय पचासी रुपियाँ बरामद भएकाे इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख, प्रहरी निरीक्षक भीम बहादुर कार्कीले जानकारी दिनुभयो  । 

प्रहरीका अनुसार रामपुर ५ का ५१ वर्षीय रुद्र कुमार श्रेष्ठ, त्यसै ठाउँका ५१ बर्षिय नगेन्द्र काफ्ले, ६४ वर्षीय श्यामकान्त शर्मा, ५८ वर्षीय फत्त बहादुर थापा, ५० वर्षीय भेष बहादुर शाही, ३९ वर्षीय यादवप्रसाद भण्डारी, ४० वर्षीय मुक्ति थापा, रामपुर ४ का ४५ वर्षिय चाम बहादुर शाही, ४१ वर्षीय जोरमहमद, ३४ वर्षीय  निलकण्ठ खाम्चा, ४६ वर्षीय  देव सेन  र  निस्दी गाउँपालिका ४ का ३३ वर्षीय  पूर्ण बहादुर बारघरे लाई ईलाका प्रहरी कार्यालय, रामपुरमै राखेर कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया